भारतले जिम्मा लिएको विद्यालय भवन अलपत्र

भारतले जिम्मा लिएको विद्यालय भवन अलपत्र

काभ्रे : भूकम्पबाट क्षति भएका १० विद्यालय भवन भारत सरकारको सहयोगमा पुनर्निर्माण हुने भनिएकामा अझै काम सुरु हुन सकेको छैन। भूकम्प गएको ४ वर्ष बित्दा पनि भारतीय दूतावासले पुनर्निर्माण गर्ने जिम्मा लिएको विद्यालय भवनको काम अझै सुरु हुन नसकेको हो।

काभ्रेमा भूकम्पबाट सामुदायिक र निजी गरी ६ सय ९० विद्यालयमा क्षति पुगेको थियो। तीमध्ये भारतीय दूतावासले १० वटा सामुदायिक विद्यालयको भवन पुनर्निर्माण गर्ने सम्झौता गरेको थियो। भूकम्पलगत्तै पुनर्निर्माण सुरु गर्ने भनिएकामा हालसम्म काम सुरु नहुँदा विद्यार्थी जीर्ण, भूकम्पले चर्किएको र भत्किएको भवनमा बसेर पढ्न बाध्य छन्।

भारतीय राजदूतावासले भैरव मावि गोकुले, खाँडादेवी मावि नाग्रेगगर्चे, कानपुर मावि कानपुर, भगवती मावि खरेलथोक, लक्ष्मी नारायण मावि श्यामपाटी, आजाद मावि बनेपा, आजाद मावि बालुवा, शारदा मावि सुन्थान, जनहित मावि मिल्चे र दुग्धेश्वर मावि पाँचखालको भवन पुनर्निर्माणको जिम्मा लिएको होे।

काभ्रेको विकट डाँडापारि महाभारत गाउँपालिका–१ गोकुलेमा रहेको भैरव माविका प्र्रधानध्यापक खुवनाथ दुलालले भवन पुनर्निर्माण नहुँदा पठनपाठनमा असहज भएको बताए। नमोबुद्ध नगरपालिका–५ मा रहेको कानपुर माविकी शिक्षिका कल्पना पौडेलले हालसम्म पनि अस्थायी टहरामै पठनपाठन भइरहेको बताइन्। कोसीपारि चौरीदेउराली गाउँपालिकामा रहेको एक मात्र प्राविधिक विद्यालय खाँडादेवी माविको पनि हालत उस्तै छ। भूकम्प गएको ५ वर्ष बिते पनि विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थीलाई निकै समस्या भएको छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राजीव लामाले भने, ‘हामीले धेरै पटक ताकेता गर्दा पनि विद्यालय पुनर्निर्माण गर्न भारतीय दूतावासले कुनै चासो देखाएको छैन।’

जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाका इन्जिनियर शोभित श्रेष्ठले दूतावासलाई छिटोभन्दा छिटो पुनर्निर्माण गर्न अनुरोध गरिएको बताए। ‘अब छिट्टै दूतावासले पुनर्निर्माण गर्ने आश्वासन दिएको छ’, उनले भने।

महाभारतमा विद्यालय पुनर्निर्माण अन्तिम चरणमा

भूकम्पबाट क्षति पुगेका काभ्रेका विकट कर्णाली भनेर चिनिएको महाभारत गाउँपालिकाभित्रका विद्यालय पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। महाभारत गाउँपालिकामा मात्र भूकम्पबाट ४९ विद्यालयमा पूर्ण क्षति भएको थियो। पुनर्निर्माणसँगै केही विद्यालय हस्तान्तरणसमेत गरिएको छ।

भूकम्पले क्षति पुर्‍याएका महाभारत गाउँपालिकाका ३२ विद्यालयको पुनर्निर्माण सकेर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइका इन्जिनियर सोभित श्रेष्ठले बताए। बाँकी विद्यालय भवन निर्माणाधीन अवस्थामा रहेको र केही निर्माणको चरणमा रहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.