ल्होसार मनाउन काभ्रेमा तीन दिन सार्वजनिक विदा
![ल्होसार मनाउन काभ्रेमा तीन दिन सार्वजनिक विदा](https://annapurnapost.prixacdn.net/media/albums/rosi-gaupalika_20200124092718_CJ4ufVAc0m.jpg)
काभ्रे : स्थानीय सरकारले ल्होसारको अवसरमा तीन दिन सार्वजनिक विदा दिएको छ। तामाङ समुदायको साँस्कृतिक पर्व २८५६ नाम्युङ सोनाम ल्होसारको अवसरमा तीन गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको हो। रोशी गाउँपालिका, तेमाल गाउँपालिका र महाभारत गाउँपालिकाले माघ १०, ११ र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
रोशी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दलबहादुर लामा (डिबि)ले अन्नपूर्णलाई जानकारी दिए। सबै पर्वलाई संविधानले दिएको अधिकारअनुसार स्थानीय पर्वलाई सार्वजनिक विदा दिने गरिएको लामाले बताए। त्यसैगरि तेमाल गाउँपालिकाले २०७६ पौष २५ गते बेसेको छैटौ गाउँसभाको निर्णय अनुसार ल्होसारको अवसरमा तामाङ समुदायको बाहुल्यता रहेको तेमालको सबै वडामा तीन दिन विदा दिने सूचनामा उल्लेख छ।
महाभारत गाउँपालिकाले पनि ल्होसारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए। माघ ९ गते बसेको गाउँकार्यपालिकाको बैठकले माघ १०, ११ र १२ गते सार्वजानिक विदा दिने निर्णय गरेको जिम्बाले जानकारी दिए। सार्वजनिक विदामा सबै वडा गाउँपालिका अन्तर्गत रहेका वडा कार्यलय, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सम्पुर्ण संघ संस्थाहरु बन्द हुने उल्लेख गरिएको छ।
सोनाम ल्होसारमा तीन दिन सार्वजनिक विदा दिन जिल्लाका स्थानीय सरकारहरुले गत वर्षदेखि नै हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)