फलफूलका बिरुवाबाट लाखौं आम्दानी

फलफूलका बिरुवाबाट लाखौं आम्दानी

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोला र सूर्नया गाउँपालिका २ वासुलिंगका किसानले हिउँदे फलफूलका बिरुवा बिक्रीबाट लाखौं आम्दानी गरेका छन् । दुवै वडामा रहेका २२ वटा नर्सरी सञ्चालक किसानले हिउँदे फलफूलका बिरुवा बिक्री गरेर मनग्गे कमाउन सफल भएका हुन् । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामध्ये बैतडीमा मात्रै फलफूलका नीजी नर्सरी रहेका सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले बताए । उनले भने, 'पहाडी क्षेत्रमा बैतडीको गुरुखोला र वासुलिंगमा मात्रै फलफूलका निजी नर्सरी छन् । फलफूलका बिरुवा बिक्री गरेर किसानले लाखौं आम्दानी गरेका छन् ।'

फलफूलका बिरुवा बिक्री गरेर यो वर्ष ५ लाख बढी आम्दानी गरेको किसान पूर्णानन्द भट्टले बताए । गुरुखोलाकै देवदत्त भट्टले आधुनिक पोलीहाउसमा नर्सरी स्थापना गरेको बताए । उनले नर्सरीबाट वार्षिका ६ लाख बढीका बोटबिरुवा बिक्री गर्दै आएको बताए।

गत वर्षको तुलनामा यो वर्ष बढी बिरुवा बिक्री गरेको किसान गणेशदत्त भट्टले बताए ।उनले पनि ३ लाखको हाराहारीमा कमाइ हुने गरेको बताए। सुख्खा फलफूल विकास केन्द्र र किसानले स्याउ,नासपाती, ओखर, कागजी बदाम, आरुलगायतका हिउँदे फलफूलका बिरुवा बिक्री वितरण गरेको हो ।

दशरथचन्द नगरपालिका १ कलौनका परमानन्द भट्टको पनि निजी नर्सरी नै आम्दानीको गतिलो श्रोत बनेको छ । केही वर्ष भारतमा मजुदरी गरेका उनले पछिल्ला दश वर्षयता नर्सरी स्थापना गरेर मनग्गे आम्दानी गर्न थालेका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका १ र सूर्नया गाउँपालिका २ का स्थानीयले फलफूलका नर्सरीबाट प्रत्येक वर्ष लाखौं आम्दानी गर्दै आएको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्मर भाटले बताए । उनले भने, 'किसानले फलफूलका बिरुवाबाटै लाखौं आम्दानी गरेको छ।'

जैतुनका बिरुवा पनि बिक्री हुँदै 

सुख्खा फलफूल विकास केन्द्रले यो वर्षदेखि जैतुनका बिरुवा समेत बिक्री थालेको छ । केन्द्रको नर्सरी दुई वर्षअघि राखेका बिरुवा रोप्न लायक भएका सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्मर भाटले बताए । जैतुन, तेल उत्पादनका लागि निकै प्रसिद्ध वनस्पती भएको उनले बताए ।

सतबाँझमा स्याउ फल्न छोडेपछि नयाँ फलफूलका विरुवाको खेती गर्न थालिएको हो। हामीले किसानलाई जीविकोपार्जन हुने खालका बिरुवा नर्सरी बनाएर बिक्री वितरण गर्न थालेका हौं, भाटले भने, 'किसानलाई जैतुन खेतीमा आकर्षण गराउनका लागि सुख्खा फलफूल विकास केन्द्रले यो वर्ष पाँच सय जैतुनका बिरुवा बिक्री गर्दैछ।'

अबको एक वर्षभित्रै किसानलाई ५ हजार जैतुनका बिरुवा वितरण गरिने तयारी भएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए । उनले भने, 'जैतुनबाट कोलेस्ट्रोल नभएको तेल उत्पादन भएकाले यो औषधिका लागि उपयुक्त छ । ६ केजी जैतुनबाट १ केजी तेल उत्पादन गर्न सकिने भएकाले यसको खेती विस्तार भएमा किसानको जिविकोपार्जनमा समेत सुधार हुने अपेक्षा गरिएको छ।'

सतबाँझमा जैतुन, कागजी बदाम, काजुलगायतका फलफूलका बिरुवा उत्पादन गर्न थालिएको बताइएको छ । किसानलाई असी प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गर्ने गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.