भूमिसुधारका खरिदारविरुद्ध मुद्दा
काठमाडौं : महेन्द्रनगर कञ्चनपुरको भूमिसुधार तथा मालपोत कार्यालयकी खरिदार ललिता रोकायाविरुद्ध मुद्दा दायर भएको छ।रोकायाले सेवाग्राहीसँगै १ लाख ५० हजार घुस लिएको पुष्टि भएपछि शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।
कञ्चनपुरको भिमदत्त नगरपालिका ४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराइदिने भन्दै घुस माग गरेपछि खरिदार रोकायालाई अख्तियारले पक्राउ गरेको थियो।
उनले घुस माग गरेको अनुसन्धानबाट पुष्टि भएपछि १ लाख ५० हजार बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता कोइरालाले जनाएका छन्।