हेलिकप्टरबाट गर्भवतीको उद्‍दार

हेलिकप्टरबाट गर्भवतीको उद्‍दार

कालिकोट : नेपाली सेनाको हेलिकप्टरबाट कालिकोटकी एकजना गर्भवतीको उद्दार गरिएको छ । सुत्केरी व्य‍था जटिल बन्दै गएपछि जिल्लाको नरहरीनाथ गाउँपालिका ७ निवासी भरत बटालाकी पत्नी २१ वर्षीया शान्ति बुढा बटालाको हेलिकप्टरबाट उद्धार गरिएको हो। 

दुई दिन अघिदेखि सुत्केरी व्यथाले थलिएकी शान्तिलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको स्थानीय दिपेन्द्र बुढाले जानकारी दिए। उनका अनुसार शान्तिलाई बुधबार राती ११ बजेबाट सुत्केरी व्यथाले च्यापेपछि गाउँ नजिकै रहेको स्वाथ्य चौकी माल्कोटमा भर्ना गरिएको थियो । 

सुत्केरी व्यथा जटिल बन्दै गएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको स्वास्थ्य चौकी माल्कोटमा कार्यरत अनमी मिट्ठु सहकारीले जानकारी दिइन् । गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र हुँदा पनि त्यहाँ विशषेज्ञ डाक्टर, औषधि र उपकरण नहुँदा उनलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गर्नुपरेको उनले बताइन् । 

सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत सुत्केरी महिलाका लागि हेलिकप्टर मार्फत उद्धार गर्ने कार्यक्रम अनुसार नरहरीनाथकी शान्ति बुढा बटालाको उद्धार गरिएको हो ।

जुन सेवाका बारेमा स्थानीय नागरिकले जानकारी नपाउँदा गत पौष २ गते नरहरीनाथ गाउँपालिका ९ की पार्वती दर्जीको सुत्केरी हुन नसक्दा घरमै ज्यान गएको थियो । 

गत पौष २७ र २८ गते सम्पन्न नरहरीनाथ गाउँपालिकाको छैटौं गाउँसभामा गर्भवती, सुत्केरी तथा अति इमरजेन्सी बिरामीको तत्काल उद्धारका लागि ९ वटै वडा, गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थालाई चनाखो रहन निर्देशन दिएको गाउँपालिका प्रवक्ता गगन फडेराले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.