कोरोनाबाट कसरी जोगिने ?

कोरोनाबाट कसरी जोगिने ?

काठमाडौं : नेपालमै कोरोना भाइरसको संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ।शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन्।

‘चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको  छ’, श्रेष्ठले भने।उनको स्वास्थ्य परीक्षणका लागि हङकङ पठाइको थियो।उनी प्रत्यक्ष निगरानीमा रहेको उनले बताए।

त्यस्तैगरी हङकङबाट आएका अर्का एक व्यक्तिलाई सामान्य अवस्थामा टेकु अस्पतालमा निगरानीमा राखिएको छ।उनीहरुको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइराखेको छ। अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर बिरामीलाई राखिएको हो। 

टेकु अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार उनलाई प्रत्यक्ष निगरानीमा राखेर परीक्षण भइराखेको छ।उनको थप परीक्षणका लागि हङकङ पठाउने तयारी भइराखेको छ।अहिले उनलाई भने कुनै जटिल समस्या नदेखिएको उनले बताए।

‘विमानस्थलको हेल्थ डेस्कमा उच्च सर्तकता अपनाइको छ।स्वास्थ्यकर्मीको टोली २४ घण्टा खटिने छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यहाँ स्वास्थ्य जाँचका लागि उपकरण जडान गरिएको छ। त्यहाँ चीनबाट आउने व्यक्तिलाई निगरानी बढाइएको छ ।’ 
 
पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विमानस्थलको हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाएर उच्च सतर्ककता रहने बताएका छन्।  चीनमा फैलिएको कोरना भाइरसका कारण त्यहाँ नयाँ वर्षमा कार्यक्रम नगर्न त्यहाँको सरकारले नागरिकलाई आग्रह गरिसकेको छ। चीनबाट नेपाल आएका विद्यार्थीको स्वास्थ्य परीक्षणका क्रमममा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.