पर्यटक लोभ्याउने शुक्लाफाँटा

पर्यटक लोभ्याउने शुक्लाफाँटा

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै सबैभन्दा ठूलो घासेमैदानमा देखिने विश्वकै सबैभन्दा ठूलो बाह्रसिंगेको झुण्डले

यहाँ आउने पर्यटकको मनै लोभ्याउने गरेको छ।

शुक्लाफाँटा नेपालको तराईका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी वनस्पति प्रजाति पाइने क्षेत्र हो। क्षेत्रफलका हिसाबले सानो भए पनि दुर्लभ वन्यजन्तु तथा पंक्षी बढी पाइने शुक्लाफाँटा नेपालको तराईका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी खरमयुर र कृष्णसारको पुनस्र्थापना गरिएको क्षेत्र पनि हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि प्रचारप्रसार र भौगोलिक विकटताले ओझेलमा परेको छ। कञ्चनपुर जिल्लामा शुक्लाफाँटालगायत अन्य पर्यटकीय क्षेत्र भए पनि प्रचारप्रसार हुन सकेको छैन।

पश्चिमी नाका गड्डाचौकी भएर आउने विदेशी पर्यटक पनि यहाँका पर्यटकीय गन्तव्य छाडेर सिधै पोखरा काठमाडांै जाने गरेका छन्। प्रचारप्रसार र भौगोलिक विकटताका हिसाबले शुक्लाफाँटामा पर्यटक बढ्न नसकेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए। ‘आन्तरिक पर्यटकका लागि शुक्लाफाँटा घुम्न सहज छ तर विदेशी पर्यटक सीमित समयका लागि आउने भएकाले राजधानीबाट टाढा र यहाँ एयरपोर्ट नहुँदा कम
आउँछन्’, पौड्यालले भने।

निकुञ्जले दक्षिणी क्षेत्रमा पनि प्रवेशद्वार खोलेको छ। यसले गर्दा बेल्डाडी र धनगढीबाट आउने पर्यटकका लागि छोटो दुरी पर्ने हुँदा पर्यटक संख्यामा वृद्धि हुने बताए । कञ्चनपुर जिल्ला भारतीय प्रमुख पर्यटकीय क्षेत्रको नजिक रहेको हुनाले भारतीय पर्यटक भिœयाउन सक्ने सम्भावना रहे पनि गड्डाचौकी नाका सीमित समयका लागि खुल्नुले पनि पर्यटक भित्र्याउन सकिएको छैन।

राष्ट्रिय निकुञ्जले प्रचारप्रसारका लागि शुक्लाफाँटाभित्र रहेका बाहसिंगेको झुण्ड, भ्युटावरलगायत विषयमा जानकारी दिन ठाउँठाउँमा होडिङ बोर्ड र ब्रोसर निर्माण गरिरहेको निकुञ्ज कार्यालयले जनाएको छ। कञ्चनपुरमा पर्यटनको ठूलो सम्भावना भए पनि राज्यस्तरबाट पर्यटन प्रवद्र्धनका लागि ठोस पहल हुन नसकेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए। उनले अन्य राष्ट्रिय निकुञ्जको भन्दा शुक्लाफाँटामा प्रवेश शुल्क घटाउनुपर्ने बताए। राज्य स्तरबाट प्रचारप्रसारको कमी भएको बताउँदै निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको उनले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै रहेको मझगाउँ विमानस्थल बन्द हुनुले पनि यहाँको आर्थिक विकास र पर्यटन व्यवसाय फस्टाउन नसकेको हो। विदेशी पर्यटक निश्चित समयका लागि नेपाल घुम्न आउने भएकाले यहाँको भौगोलिक विकटताले पनि छोटो समयमा सबै ठाउँ घुम्न सम्भव छैन। जसका लागि मझगाउँ विमानस्थल सञ्चालन हुन जरुरी रहेको मल्लले बताए।

पश्चिमी नाका गड्डाचौकीबाट भित्रिने विदेशी पर्यटकलाई, यहाँका पर्यटकीय क्षेत्रबारे जानकारी नहुनुले पनि यहाँबाट अन्यत्र जाने गरेको पाइएको छ। पर्यटकलाई यहाँका गन्तव्यबारे जानकारी दिन नेपाल पर्यटन बोर्डको कार्यालय गड्डाचौकीमा भए पनि ४ वर्षदेखि कार्यालय सहयोगीको भरमा चलिरहेको छ।

बोर्डले पनि प्रभावकारी रूपमा काम गर्न नसकेको आम जनगुनासो छ भने यातायात र सुविधा सम्पन्न होटेल नहुनुले पनि पर्यटन व्यवसाय फस्टाउन सकेको छैन। विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधनेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु शुक्लाफाँटामा पाइन्छन्।

जैविक विविधतामा एक सय १८ परिवारका ६ सय ६५ प्रजातिका वनस्पति यस शुक्लाफाँटामा छन्। जसमा ५२ प्रतिशत साल वन, मि िश्रत वन २ प्रतिशत, ६ प्रतिशत नदी तटीय वन, १० प्रतिशत सिमसार क्षेर छ भने एसियाकैै सबैभन्दा ठूलो घासे मैदान ३० प्रतिशत (५५ वर्गकिलोमिटर) रहेको छ। स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजाति छन्। जसमा पाटेबाघ, एकसिंघे गैंडा, हात्ती, बाहसिंगा, कृष्णसार, सालक, निलगाई, चितुवा, चितल, लगुना, रतुवा, हिसपिड खरायो र बँदेल आदि छन्।

निकुञ्जभित्र रहेका रानीताल, बाबाताल, कालीकिच र तारातालले पनि सौन्दर्य बढाएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिकामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा शिकार आरक्षको रूपमा स्थापना भई २०३२ सालमा १५५ वर्ग किमि क्षेत्रफललाई समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्षको रूपमा घोषणा गरिएको हो।

२०३६ सालमा आरक्षको पूर्वतर्फको १५० वर्ग किमि क्षेत्रफललाई विस्तार गरी आरक्षको क्षेत्रफललाई ३०५ वर्ग किमि बनाएको थियो। २०७३ साल फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रूपमा घोषणा गरिएको थियो। शुक्लाफाँटा १७४ मिटरदेखि १३८६ मिटरको उचाईमा फैलिएको छ। यस निकुञ्जलाई विश्वको सबैभन्दा ठूलो वथानमा बाहसिंगा पाइने स्थानको रूपमा समेत चिनिने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.