९ महिनापछि खुल्यो, विश्‍वविद्यालयको ताला

९ महिनापछि खुल्यो, विश्‍वविद्यालयको ताला

महेन्द्रनगर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला नौ महिनापछि शनिबार खुलेको छ । गत चैतको अन्तिम साता नेपाल विद्यार्थी संघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।

नेविसंघले शनिबार प्रेस विज्ञप्ती जारी गरी विश्वविद्यालयमा उत्पन्न विवाद समाधान गर्ने र व्यवस्थित प्रयोजनका लागि उच्च स्तरीय कार्यदल गठन हुनुका साथै सो कार्यदलले विवाद समाधानतर्फ उन्मुख भएकाले कार्यदलको कार्यमा सहजीकरणका लागि तालावन्दी खोल्ने निर्णय लिएका विज्ञप्तीमा उल्लेख छ ।

नेविसंघले १५ दिनसम्म विवाद समाधान नभए पुनः थप आन्दोलन गर्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिएको छ । विश्वविद्यालयका तत्कालिन उपकुलपति भुषण श्रेष्ठ र रजिस्टार भट्टको कार्यशैलीप्रति असन्तुष्टी बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ मा गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेका थिए ।

गत चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधी संकायका डिन प्रा.डा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा संकायका डिन डा. गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको थियो । एउटै विश्वविद्यालयमा दुई÷दुई वटा उपकुपति र दुई वटा रजिष्ट्रार अवैधानिक भएको भन्दै पदमुक्त भएकै लाई जिम्मेवारीमा फर्काउन तालावन्दी गरेको नेविसंघ नेता कैलाश चन्दले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.