सभामुख घोषणा गर्न प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं : सभामुख घोषण गर्न प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बानेश्वरस्थित संसद भवनमा आइतबार दिउँसो ३ बजे बस्न लागेको सचिवालयले जनाएको छ। बैठकमा अग्निप्रसाद सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश हुने र उक्त प्रस्तावको देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गर्ने कार्यकालिका रहेको छ।
सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध हुने पक्का भएको छ। माघ ७ गते उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्का भएको हो।
प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकाले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ। त्यसपछि उनले सभाको अध्यक्षता गर्ने छन्।