सिन्धुलीमा माइक्रोबस दुर्घटना, चालकको मृत्यु, १० घाइते
सिन्धुली : बनेपा-सिन्धुली-बर्दीवास (वीपी) राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ ढुङ्ग्रेभञ्ज्याङमा आइतबार माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
झापाबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६९६ माइक्रोबस तीव्र गतीका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता श्यामकुमार खत्रीले जानकारी दिए ।
'दुर्घटनामा माइक्रोबसका चालक एवम् सवारी धनी काठमाडौं महानगरपालिकाका ११ गोठाटार बस्ने ३८ वर्षीय मोहन मर्हजनको घटना स्थलमै मृत्यु भएको हो । दसजना घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ,' उनले भने ।
दुर्घटनामा चागुनारायण नगरपालिका ४ भक्तपुर घरभई भैरव दल गण पाँचथरमा कार्यरत (जम्दार) वर्ष ३५ धर्मराज थापा र झापाका २७ बर्षिय खागमाँया खत्री गम्भीर घाइते भएका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिए ।
घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाग्रस्त माइक्रोबसमा १८ जना यात्रु भएको प्रहरीले जनाएको छ भने माइक्रोबसका अन्य सकुशल यात्रुलाई भने अन्य सवारी साधनबाट काठमाडौं पठाइएको छ।