चुरेमा खोला दोहन

चुरेमा खोला दोहन

धनुषा : २०३६ सालदेखि २० वर्षसम्म चुरे संरक्षित थियो। २०५६ पछि प्रहरी–प्रशासनको ध्यान माओवादी द्वन्द्वतिर केन्द्रित भयो। वनरक्षकले चुरे सुरक्षामा जान आँट गरेनन्। त्यही बेला तस्करहरू चुरे पसे।

तस्करले दिनदहाडै सखुवा काटेर गाडाबाट लगेको मिथिला नगरपालिका ७ ढल्केवरका ५५ वर्षीय नन्द सिलवाल सुनाउँछन्। चुरेका खोलानालामा २०६० पछि क्रसर खोल्ने क्रम सुरु भयो। सरकारी निकायले आर्थिक चलखेलमा मापदण्ड मिचेर क्रसरलाई स्वीकृति दियो। क्रसरवालाले राजनीतिक आडमा प्रहरी र प्रशासन मिलाए। त्यसपछि सुरु भयो, चुरियाको विनाश लीला। तस्करले पहिला चुरेको वन सखाप पारे। क्रसर डनको ध्यान चुरे भएर बग्ने नदीनालामा देखिन्छ। धनुषाका दिलीप महतो चुरे दोहनको विरोधमा उत्रिँदा पुस २५ गते मारिए।

‘चुरेको वन कटान भयो। चुरिया डाँडा नांगिए’, सिलवाल भन्छन्, ‘क्रसरवालाहरू खोला खनेर चुरेलाई ध्वस्त बनाइरहेका छन्।’ डिभिजन वन कार्यालयका कर्मचारीले यसमा ध्यान नदिएको उनको भनाइ छ। प्रदेश २ मा चुरेबाट बालुवा, गिट्टी तस्करी भइरहेको छ। प्रदेश सरकारको प्रदेश वन निर्देशनालयका अनुसार प्रदेशभर चुरे वन १ लाख १५ हजार ९ सय ६ हेक्टर छ। तराईको वन १ लाख ३ हजार ८ सय ७४ हेक्टरमा फैलिएको छ। कूल वनको ५२.७ प्रतिशत चुरे र ४७.३ प्रतिशत तराई वनले ओगटेको छ। प्रदेशमा जम्मा वन २ लाख १९ हजार ७ सय ८० हेक्टर छ।

त्यसमध्ये १७ हजार ८ सय ४३.४ हेक्टर अतिक्रमणमा परेको छ। सहायक वन अधिकृत सुरेश शर्माका अनुसार सप्तरीमा १ सय ६०.५ हेक्टर, सिरहामा १ हजार १ सय २०, धनुषामा ९ सय ३४, महोत्तरीमा ८ सय ७०.९, सर्लाहीमा ३ सय ३६.९, रौतहटमा ३ हजार ५ सय , बारामा १० हजार १ सय ६.२, पर्सामा ३ सय ८१ र सर्लाहीमा २ हजार ७ सय हेक्टर वन अतिक्रमण भएको छ। ढल्केवरस्थित बसहरीको खोला दोभानमा गत वर्ष सिलवालसहित स्थानीयले अवैध निकासी रोके। तस्कर समूह भोलिपल्ट सिलवालको घरमै आयो।

‘तस्करले मोटरसाइकलबाट पेट्रोल निकालेर घरमा आगो लगाइदिने धम्की दिए’, मैले भनें, ‘आगो लगाऊ, म घर बोकेर हिँड्न सक्दिनँ तर गलत कामको विरोध गर्छु, गर्छु।’ त्यसपछि उनीहरू पछि हटे। तस्करले यसपटक मान्छे नै मारेको बताउँदै उनी भन्छन्, ‘पर्यावरण संरक्षण गर्न आवाज उठाउनेहरूको ज्यान खतरामा छ।’ प्रदेश २ को चुरे क्षेत्रको वन राष्ट्रिय वनमा पर्छ। चुरे संरक्षण सरकारी निकायको मूल मुद्दा बन्न सकेको छैन। बालुवा, गिट्टी, ढुंगा तस्करीले चुरे प्रभावित हुँदै आएको छ।

‘खोला बर्सेनि गहिरो हुन्छ। चुरेको पहाडबाट पहिरो गएर विध्वंश भइरहेको छ’, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा भन्छन्, ‘यसविरुद्ध आवाज उठाउँदा मारिनुपरेको स्थिति छ।’ चुरेको मर्म विपरीतको काम भइरहेको चुरेविज्ञ डा. विजय सिंह बताउँछन्। ‘चुरेलाई बचाए मधेस हराभरा बन्छ’, उनी भन्छन्, ‘दोहन गरे स्थानीय बासिन्दाका लागि अभिसाप बन्नेछ।’ चुरे संरक्षण अभियान चलाइए पनि वन फँडानी गरी बस्ती विस्तारको क्रम रोकिएको छैन।

निरन्तर दोहनका कारण बाढीले बर्सेनि तराईका ३५ जिल्लामा ४ हजार ९ सय २० बिघा उर्वर भूमि कटान गरी मरुभूमिमा परिणत हुँदै आएको छ। ‘क्रसरले खनेका खाडलमा बालबच्चा डुबेर अकालमा मरिरहेका छन्’, अध्यक्ष शर्मा भन्छन्, ‘चुरेको खबर दर्दनाक छ। राज्यको उदासीनताले चुरे दोहनमा बल पुगेको छ। अवैध उत्खननमा माफियासँग सरकारी निकायको अघोषित संलग्नता छ।’ महोत्तरीमा चुरे संरक्षण कार्यक्रम चलिरहेकै बेला वन विनाशको क्रम बढेको छ। पछिल्लो तीन वर्षमा सामुदायिक, साझेदारी र सागरनाथ वन विकास परियोजना अन्तर्गतको चुरे र भावर क्षेत्रका १ सय ४० हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण भएको छ। कहिले दुहबी, ढल्केवर, हेटौंडा विद्युत् प्रसारण लाइन विस्तारका नाममा त कहिले पूर्व–पश्चिम रेलमार्गका नाममा चुरे विनाश भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.