नवलपुरका दुई एनसेल टावरमा आगजनी

नवलपुरका दुई एनसेल टावरमा आगजनी

नवलपुर : पूर्वी नवलपरासीका दुई एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । आइतबार राती बौदीकाली गाउँपालिका २ को कोटथरमौला र कावासोती नगरपालिका १७ बुनौलीमा रहेका एनसेल टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निरीक्षक एंव सूचना अधिकृत गणेशबहादुर नराल क्षेत्रीले जानकारी दिए ।

टावरमा आगजनी भएको खबर पाएपछि प्रहरीको टोली त्यस स्थानमा पुगेको थियो। एनसेल टावर रहेको कम्पाण्डको ताला फोडेर आगजनी गरिएको हो । जुटको बोरामा मट्टितेल राखेर गरेको आगजनीबाट जेनेटर र मेसिनमा क्षति पुगेको प्रहरी निरीक्षक क्षेत्रीले बताए।

स्थानीयको सहयोगमा समयमा आगो नियन्त्रण लिएकाले थप क्षति हुन नपाएको उनले जानकारी दिए । आगजनी गर्ने व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। आगजनी विप्लव समूहले गरेको हुन सक्ने आशंकका प्रहरीको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.