उधारोमा उखु, नगदमा चिनी : ७२ घण्टामै यसरी बनाइन्छ चिनी (फाेटाे/भिडियाे)
महोत्तरी : उखु उब्जाउन किसानलाई एक वर्ष लाग्छ। तर, उद्योगीले किसानसँग उखु लिएको ७२ घण्टाभित्र चिनी तयार गरेर गोदाममा भित्र्याउँछ ।
चिनी तयार हुने बित्तिकै चिनीले बजार भाउ पाउँछ, उद्योगीले चिनी बिक्री गरेर कमाउँछ । नगदमा उखु उब्जाएर उधारोमा उद्योगीलाई उखु बिक्री गर्न बाध्य किसानले आफ्नै पसिनाको मुल्य पाउन पनि आन्दोलन गर्नुपरेको छ ।
तराइका ३६ जिल्लाका किसान उखु खेतीमा परनिर्भर छन् । उखु खेती नेपालको नगदे बालीको सूचीमा पर्छ ।
तर, उखु उब्जाउने किसानलाई सधैँ उधारोमा बाली बिक्री गर्नु परेको पीडा छ । उद्योगीलाई उखु बिक्री गरेको तीन वर्षमा पनि किसानले भुक्तानी पाउन सकिरहेका छैनन्। सरकारले अनुदान रकम दिन पनि ढिलाइ गर्छ ।
किसानसँग उद्योगीले उखु लिएको ७२ घण्टामा क्रसिङ गरेर कसरी चिनी उत्पादन हुन्छ ? अन्नपूर्णकर्मी राजकरण महतोले महोत्तरीको गौशालास्थित रामनगरमा रहेको एभरेस्ट सुगर मिल पुगेर तयार पारेको भिडिओ हेर्नुस् :