सभामुख सापकोटाविरुद्धको रिटको आज पनि बहस हुँदै

सभामुख सापकोटाविरुद्धको रिटको आज पनि बहस हुँदै

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार पनि बहस हुँदैछ। सोमबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा परेको उक्त रिट हेर्दाहेर्दैमा आजका लागि सारेको थियो।

सापकोटाविरुद्धको रिट आजपनि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा परेको छ। सोमबार भएको बहसमा निवेदक वरिष्ठ अधिवक्ता दिने त्रिपाठी, अधिवक्ता सुनिल कुमार पोखरेल र राजु चापागाइँले सापकोटालाई सभामुख पदमा रोक्नुपर्ने जिकिर गरेका थिए। सोमबार निवेदकको बहस नसकिएकाले आज सुनुवाइ हुन लागेको हो। 

यसअघि सापकोटाविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको थियो।सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायीका हैसियतले बहस गरेकाले नैतिकताका आधारमा हेर्न नमिल्ने भएपछि उक्त रिटको सुनुवाइ स्थगित भएको थियो। 

सभामुखमा निर्वाचित भएका सापकोटा सोमबार कार्यभार सम्हालिसकेका छन्।

वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले सापकोटालाई सभामुख हुनका लागि योग्य नभएको जिकिर गर्दै उनलाई पक्राउ गरेर छानबिन गर्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।द्वन्द्वकालीन अवस्थामा तत्कालिन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या आरोप सापकोटामाथि छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.