ट्रकले 'ओभरटेक गर्दा दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

ट्रकले 'ओभरटेक गर्दा दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

भैरहवा : भैरहवा परासी सडकखण्डको रोहिणी गाउँपालिका ४ सुलिहवामा सवारी दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव ज्ञवालीका अनुसार मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी, ३५ वर्षीय भविकन कुर्मी र सुनसरी चतरा का ३५ वर्षीय पूर्णबहादुर भुजेल रहेका छन् ।

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवातर्फ आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । एका बिहानै हुस्सु लागेको अवस्थामा ना २ ख ८४८१ नम्बरको ट्रकले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ ।

घाइते मध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवा भीम अस्पताल र युनिर्भसल मेडिकल कलेज अफ साइन्सेसमा (मेडिकल कलेज) उपचार भइरहेको छ ।

प्रहरीका अनुसार तनहुँका विरेन्द्र गुरुङ, नवलपरासी पाल्हीनन्दनका मनिष धवल, शैलेश कुर्मी, त्रिभुवन हरिजन र अखिलेश यादवको भीम अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै नवलपरासी पाल्हीनन्दनका दुधही हरिजन, मोहन राय, विनोद धवल र सुवास कुर्मी मेडिकल कलेजमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.