टिपरले युवाको ज्यान लिएपछि वीरेन्द्रनगरमा तनाव

टिपरले युवाको ज्यान लिएपछि वीरेन्द्रनगरमा तनाव

सुर्खेतः टिपरको ठक्करबाट एक युवाको ज्यान गएपछि वीरेन्द्रनगरमा तनाव उत्पन्न भएको छ। मंगलबार बिहान टिपरको ठक्करबाट वीरेन्द्रनगरको मुलपानी चोक नजिक कालिकोट महावै गाउँपालिका-३ सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै ज्यान गएको हो।

भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको थियो। टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सिंहलाई करिब २० मिटर टाढासम्म घिसारेको प्रत्यक्षदर्शीले बताए। प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि वीरेन्द्रनगर बजार क्षेत्र तनावपूर्ण बनेको छ। स्थानीयले घटनाको विरोधमा सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन्। सवारी साधन सञ्चालनमासमेत प्रदर्शनकारीले अवरोध गरेका छन्। प्रदर्शनका कारण सवारी साधन चल्न सकेका छैनन्। चालकको लापरबाहीले घटाना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्। प्रदर्शनकारीले बजार पनि बन्द गराउँदै हिँडेका छन्। अवस्था तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.