विप्लवका जिल्ला सेक्रेटरीसहित दुई कार्यकर्ता पक्राउ
रौतहट : विप्लवका रौतहट जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार बिहान उनीहरुलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा रौतहट जिल्ला सेक्रेटरी चितवन जिल्लाको खैरेनी नपा १ घर भएकी ३४ वर्षीया निर्मला शाही भन्ने दिशर्ना शाही र रौतहट चन्द्रपुर नपा ३ इपिलघारीका ३९ वर्षीय दुर्गा बल रहेका छन्।
दुवैजनालाई चन्द्रपुर ३ स्थित इपिलघारीटोलस्थित इन्द्र थिङ्गको घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए।
उनीहरुको साथबाट केही थान मोबाइल, चन्दा माग्ने पत्र, बिजुलीको तार, किताब र अन्य पार्टीको दस्तावेज बरामद गरेको प्रहरीले जनाएको छ । आर्थिक अभियानका नाममा उद्योगी, व्यवसायी, जनप्रतिनिधि ,कर्मचारीलाई धम्की दिँदै चन्दा माग गरेको, एक महिनाअघि गुजरा नपाको जुगौलियामा रहेको एनसेलको टावरमा विष्फोट गराएकोलगायतका आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।