कालिदह भीरमा दुईको शव भेटियो

कालिदह भीरमा दुईको शव भेटियो

धादिङ : धादिङको सिद्धलेक गाउँपालिका १ कालिदह नजिकै स्थानीय दुई व्यक्ति मृत फेला परेका छन् । बाटो छेउको भीरमा शव फेला परेकाले उनीहरु दुवैजना भीरबाट खसेर मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । 

वडा कार्यालय जान भनेर आइतबार घरबाट निस्किएका सिद्धलेक गाउँपालिकाका ३८ वर्षीय भीमबहादुर गुरुङ र ५७ वर्षीय नकुल सापकोटा आइतबार अपरान्हदेखि परिवारको सम्पर्क बाहिर थिए।

खोजी गर्ने क्रममा सोमबार साँझ उनीहरुको शव कालिदह नजिकैको भीरमा भेटिएको थियो। शव फेला पर्ने वित्तिकै स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। शव फेला परेको जानकारी पाउने वित्तिकै घटनास्थलमा प्रहरी पुगी जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङवेशीमा ल्याइएको छ ।

मृतकका परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा जाहेरी आइसकेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए । 'शव फेला परेको छ हामी अनुसन्धानमै छौँ, घटनास्थलको प्रकृति हेर्दा उनीहरु भीरबाट लडेको हुनसक्ने अनुमान गरेका छौँ,' खड्काले भने, 'पोष्टमार्टम रिपोर्टपछि अनुसन्धान अघि बढाउँछौं।'

उनीहरुको साथबाट स्थानीय सहकारीको शेयर सदस्य परिचय पत्र र नगद २० हजार रुपैयाँ पनि फेला परेको धादिङ प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.