प्रदर्शन उग्र बन्दै गएपछि गोली चल्यो : वीरेन्द्रनगरमा कर्फ्यू

प्रदर्शन उग्र बन्दै गएपछि गोली चल्यो : वीरेन्द्रनगरमा कर्फ्यू

सुर्खेत : प्रदर्शन उग्र बन्दै गएपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाइएको छ। मंगलबार बिहान टिपरको ठक्करबाट एक युवाको ज्यान गएको थियो। 

त्यसपछि स्थानीयले दिनभर प्रदर्शन गरेका हुन्। प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले मंगलबार बेलुकी साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। 

टिपरको ठक्करबाट वीरेन्द्रनगरको मुलपानी चोक नजिक कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै ज्यान गएको हो।

भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको हो। घटनापछि वीरेन्द्रनगर तनावपूर्ण बनेको छ। स्थानीयले घटनाको विरोधमा सडकमा टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराएको छन्।

सवारी साधन संचालनमासमेत प्रदर्शनकारीले अवरोध गरेका छन्। प्रदर्शनका कारण सवारी साधन चल्न सकेका छैनन्। 

प्रदर्शन नरोकिएको र तोडफोड हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू  लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए। 

उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू लगाएएको हो। प्रशासनका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ।

चालकको लापरबाहीले घटना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्। 

प्रहरीले सडकबाट लास उठाएपछि अवस्था थप तनावपूर्ण बनेको हो। सोहीक्रममा दोहोरा झडप भएको थियो। अश्रुग्यास प्रहार गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको छ।

गोली लागेर एक दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन्। अवस्था तनावपूर्ण बनेपछि नेपालगंजबाट समेत सुरक्षाकर्मी ल्याइएको छ। 

टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सिंहलाई करिब २० मिटर टाढासम्म घिसार्दै लिएको प्रत्यक्ष दर्शीले जनाएका छन्। 

प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.