नक्कली भ्याट बिलको बिगबिगी

नक्कली भ्याट बिलको बिगबिगी

दोलखा : दोलखामा नक्कली भ्याट बिलको बिगबिगी बढेको छ। जिल्लाका स्थानीय तहमा नक्कली भ्याट बिल पेस गरेर भ्याटबापत रकम छली हुने गरेको खुल्न आएको हो।दोलखाका दुई नगरपालिका र चार गाउँपालिका गरी ६ स्थानीय तहमा नक्कली भ्याट बिल पेस गरी भ्याटबापत रकम असुली गरेको पाइएको छ। स्थायी लेखा नम्बर (प्यान)मा मात्र दर्ता भएकाले गैरकानुनी रूपमा मूल्य अभिवृद्धिकर (भ्याट)को बिल बिजक जारी गरी भुक्तानी लिएर १४ वटा फर्मले कर छली गरेका हुन्।

२०७५÷०७६ को लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनअनुसार भ्याटमा दर्ता नभएका ती १४ फर्मले जिल्लाका ६ स्थानीय सरकारको नाममा कर बिजक जारी गरी भुक्तानी लिएका छन्। १४ फर्मले १६ वटा नक्कली बिजक जारी गरी ६ लाख ३३ हजार ९ सय ४६ रुपैयाँ कर छली गरेको प्रतिवेदनमा उल्लेख छ। नक्कली भ्याट बिल जारी गरेर कर छली बढ्नुमा राजस्व कार्यालयको फितलो अनुगमन र लेखाका कर्मचारीको लापर्बाही रहेको सम्वद्ध स्रोतको भनाइ छ।

प्रतिवेदनअनुसार ती फर्मले जिरी नगरपालिकामा ४, तामाकोशी गाउँपालिकामा ४, भीमेश्वर नगरपालिकामा ३, बिगु तथा मेलुङ गाउँपालिकामा २÷२ र कालिञ्चोक गाउँपालिकामा १ गरी १६ नक्कली भ्याट बिल जारी गरेका थिए। भीमेश्वर नगरपालिकामा प्रेमटुना इन्टरप्राइजेज चरिकोटले टायर बिक्रीवापत १५ हजार सात सय २२, विकास ट्रान्सपोर्ट एन्ड सप्लायर्स प्रालि चरिकोटले निर्माण सामग्री ढुवानीवापत ३१ हजार नौ सय ८३, बारा कन्स्ट्रक्सन अनामनगर काठमाडौंले निर्माण कार्यवापत १२ हजार तीन सय ४० रुपैयाँ भुक्तानी लिएकोमा ती फर्म प्यानमा मात्र दर्ता भएको पाइएको छ।

जिरी नगरपालिकामा नबिन स्टोर्स एन्ड सप्लायर्स, चरिकोटले राशन बिक्रीवापत १६ हजार तीन सय २१, चिरञ्जीवी समिल एन्ड फर्निचर उद्योगले फर्निचार बिक्रीवापत ६ हजार चार सय २२, जेप्लसए फिक्स इँट उद्योग महोत्तरीले इँट बिक्रीवापत तीन हजार एक सय २०, आरबीआर फिक्स इटा उद्योग गौशलाले इटा बिक्रीवापत ६ हजार तीन सय ७० भ्याटवापतको भुक्तानी लिएकोमा भ्याटमा मात्र दर्ता ती फर्मबाट रकम असुल गर्न प्रतिवेदनले सुझाव दिएको छ।

तामाकोशी गाउँपालिकामा इसान सगरमाथा सप्लायर्स कुपण्डोलले खेलकुद सामान बिक्रीवापत ३७ हजार ६ सय १८, शक्ति फिक्स इँट उद्योग लक्ष्मीपुर सर्लाहीले इटा बिक्रीवापत दुई भ्याट बिलबाट २८ हजार सात सय ३०, सत्यनारायण ग्रिल अर्डर एन्ड सप्लायर्सले ग्रिल बिक्रीवापत चार हजार सात सय २३ भ्याटवापत भुक्तानी लिएका थिए।

बिगु गाउँपालिकामा बाबा इँट उद्योग गौशाला महोत्तरीले इँट बिक्रीवापत ५३ हजार ६ सय ७५, मास्टरमाइन्ड इन्जिनियरिङ कन्सल्टेन्सीले सर्भे तथा ड्रइङ डिजाइनवापत ५५ हजार दुई सय ५०, कालिञ्चोक गाउँपालिकामा एसएसआरबी एन्ड सप्लायर्स चरिकोटले सडक मर्मतवापत एक लाख ८१ हजार ६९ र मेलुङ गाउँपालिकामा बारा कन्स्ट्रक्सन अनामनगर, काठमाडौंले डोजर प्रयोगवापत एक लाख २३ हजार पाँच सय ४३ र चौहान सप्लायर्स मन्थलीले निर्माण सामग्रीवापत ५७ हजार ६० भुक्तानी लिएका थिए। ती सबै फर्म प्यानमा मात्र दर्ता भएको पाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.