स्वस्थानी मेलासँगै मौलाएको बजार (फोटो फिचर)
काठमाडौं : पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको स्वस्थानी मेला जारी छ। काठमाडौंको साँखुस्थित शालीनदीमा जारी मेलामा भक्तालुको भीड लागेको छ। शालीनदीमा स्थान गर्न र स्वास्थानी माताको दर्शन गर्न विभिन्न स्थानबाट श्रद्धालुहरु आउने क्रम जारी छ। त्यहाँ पुगेर स्नान गरे मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ। त्यसैले प्रत्येक दिन बिहानैदेखि शालीनदीमा भक्तालुको भीड लाग्ने गरेको छ।
मेला व्यवस्थित गर्न सुरक्षाकर्मी खटाइएका छन्। मेलामा विभिन्न सामग्रीका स्टल राखिएका छन्। खानाका विभिन्न स्टलदेखि दैनिक उपभोग्य सामानले मेलालाई थप आकर्षक बनाएको छ। स्थानीय स्तरमा उत्पादित विभिन्न थरिका दाल र तरकारी मेलाको आकर्षक बनेको छ। यस्तै, लत्ताकपडा, जुत्ता चप्पल, भाँडाकुँडालगायतका विभिन्न स्टलमा मानिसको भीडभाड देखिन्छ। यतिबेला किनमेल गर्नेहरुका लागि शालीनदी मेला आकर्षक बजार बनेको छ।
व्रत अवधिभर पुशपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएको स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा एक महिनासम्म भक्तजनको घुइँचो लाग्ने गर्छ।