नेपाल-लग्जेम्बर्ग विदेशमन्त्रीस्तरीय वार्ता

नेपाल-लग्जेम्बर्ग विदेशमन्त्रीस्तरीय वार्ता

काठमाडौं : नेपाल र लग्जेम्बर्गबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता भएको छ। नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलबीच परराष्ट्र मन्त्रालयमा जारी द्विपक्षीय वार्तामा आपसी हित र चासोका विविध विषयका साथै साझा चासोका क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा पनि विचारविमर्श भइरहेको बताइएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गरेका छन्। बुधबारनै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 

वार्तामा युरोपेली सङ्घ तथा लग्जेम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापा, नेपालका लागि लग्जेम्बर्गका राजदूत जिन क्लाउडी कुगनेरसहित दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। लग्जेम्बर्गले नेपालको शिक्षा, स्वास्थ्य र वातावरण संरक्षण एवं विकासका लागि संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घमार्फत विकास सहायता उपलब्ध गराउँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.