सरस्वती मन्दिरमा बालबालिकालाई अक्षरारम्भ (फोटो फिचर)

सरस्वती मन्दिरमा बालबालिकालाई अक्षरारम्भ (फोटो फिचर)

काठमाडौं : विद्याकी देवी मानिने सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ  । वसन्त पञ्‍चमीका दिन सरस्वतीको पूजा गरे विद्या वुद्धि बढ्ने विश्वास छ। आजकै दिन आफ्ना नानीबाबुलाई अक्षरारम्भ  गराउन मन्दिर  तथा विद्यालयमा अभिभावकको बिहानैदेखि घुइँचो लागेको छ। सरस्वती पूजाको अवसरमा प्रायजसो विद्यालयले  नयाँ भर्ना हुने बालबालिकाका लागि विशेष छुटको व्यवस्था समेत गरेका छन्।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।

विद्यालय नगएका नानीबाबुलाई आजै दिन सरस्वती मन्दिरको भित्तामा अक्षर लेख्न सिकाइन्छ। काठमाडौंको स्वम्भूस्थित सरस्वती मन्दिरमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ।स रस्वती मन्दिरमा देखिएका केहि अक्षरारम्भ गरिएका तस्बिर।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.