राष्ट्रपतिबाट हनुमानढोकामा वसन्त श्रवण

राष्ट्रपतिबाट हनुमानढोकामा वसन्त श्रवण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नासलचोक पुगेर परम्परानुसार वसन्त श्रवण गरेकी छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ९:०५ बजेको शुभसाइतमा राष्ट्रपतिले वसन्त श्रवण गरेकी हुन्।  सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरिन्। राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो । 

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अवसरमा वसन्त श्रवण गरी  प्रसाद ग्रहण गरे। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले समेत सो अवसरमा वसन्त श्रवण गरे। परम्पराअनुसार नासलचोकमा कलाकारले वसन्त राग प्रस्तुत गरेका थिए।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.