साथीको हत्या आरोपमा बंगलादेशी पक्राउ

साथीको हत्या आरोपमा बंगलादेशी पक्राउ

काठमाडौं : बंगलादेशी नागरिक अहमेद मौदिन हत्यामा संलग्न भएको आरोपमा उनकै साथी दुलनीया मियाँ पक्राउ परेका छन् । प्रहरीले उनलाई काँकडभिट्टाबाट पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा महानगरीय प्रहरी परिसर काठमाडौं र इलाका प्रहरी कार्यालय अनारमणीको टोलीले पक्राउ गरेको हो।

मौदिनको टाउकोमा मियाँले बियरको बोतल हानेर हत्या गरेको प्रहरीको आशंका छ। मौदिनको शव काठमाडौंको सोल्टी मोडस्थित होटल ग्राण्ड भिलामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा मौदिन र मियाँ सँगै सोल्टी होटलको क्यासिनोमा जुवा खेल्न आएको खुलेको थियो। दुवैले क्यासिनो खेलेको सूचना पाएपछि अपराध महाशाखाको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीसी टीभीको फुटेज हेर्दा उक्त कुरा पत्ता लगाएको हो।

महाशाखाका एसपी हृदय थापाको कमान्डमा गएको टोलीले होटल ग्राण्ड भिल्लाको कोठा न‌‍म्बर ११४ मा पुगेर मुचुल्का उठाउँदा मृतकको परिचय खुलेको हो। संदिग्ध व्यक्ति मियाँ होटलबाट बाहिर निस्केको थाहा पाएपछि प्रहरीले होटल बाहिरको सीसी टीभी हेर्दा मियाँ कलंकीतर्फ गएको पाएको थियो।

महाशाखाका अनुसार मियाँले वीरगन्जको पर्सा जान टिकट समेत लिएको अनुसन्धानबाट खुलेको छ। महाशाखाले आफूसँग भएको प्रमाण काठमाडौं प्रहरी, पर्सा जिल्ला प्रहरी कार्यालय,वीरगन्ज प्रहरी, त्रिभुवन विमानस्थललगायत सबै सीमामा दिएको थियो। सही प्रमाणका आधारमा काँकटभिट्टाबाट प्रहरीले मियाँलाई पक्राउ गरी काठमाडौं पठाएको हो।

प्रहरी मृतक र संदिग्ध व्यक्तिको सबै विवरण पत्ता लगाइ नाका नाकामा दिएको बुझिएको छ।  दुवैजना यही माघ ६ गते हिमालयन एयरलाइन्सको उडानबाट नेपाल आएका थिए। उनीहरुले सोल्टी होटलको एक कोठा भाडामा लिएका थिए।

मौदिन यसअघि पटक-पटक जुवा खेल्न नेपाल आएको खुलेको छ। उनीहरु माघ ६ गते हिमालयन एयरलाइन्सको उडानबाट नेपाल आएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.