टिपरको ठक्‍करबाट मृत्यु : पाँच बुँदे सहमतिपछि आन्दोलन फिर्ता

टिपरको ठक्‍करबाट मृत्यु : पाँच बुँदे सहमतिपछि आन्दोलन फिर्ता

सुर्खेतः वीरेन्द्रनगरमा तीन दिनदेखि जारी आन्दोलन फिर्ता भएको छ । मंगलबार टिपरको ठक्‍करबाट कालिकोटको महावै गाउँपालिका ३ सिम्खेतका २० वर्षीय केशर सिंहको ज्यान गएको थियो । त्यसपछि पीडित पक्षले वीरेन्द्रनगरमा आन्दोलन चर्काएका थिए ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलन पनि फिर्ता भएको पीडित पक्षले जनाएका छन् । 

आन्दोलन फिर्ता भएपछि वीरेन्द्रनगर बजार खुलेको छ । सवारी साधन पनि संचालनमा आएका छन् । घटनापछि वीरेन्द्रनगर तनावपूर्ण बनेको थियो ।आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रशासनले मंगलबार कफ्र्यू लगाएको थियो ।जिल्ला प्रशासन कार्यालयका अनुसार प्रशासन, टिपर मालिक र पीडित पक्षबीच वार्ता भएको थियो ।

सहमतिअनुसार पीडित पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जनाए । यस्तै टिपर चालक राजकुमार बोहोराविरुद्ध पीडित पक्षले किटानी जाहेरी दिने र हदैसम्मको कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने, आन्दोलनमा घाइते भएकाहरुको उपचारका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने, मृतक केशर सिंहको शव पोस्टमार्टम गरी आफन्तले बुझ्ने र पीडित पक्षलाई कानुन बमोजिम क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ ।

यसअघि चालकको लापरबाहीले घटना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए । प्रहरीले मृतकका आफन्तको सहमतिबिनै सडकबाट शव उठाएपछि अवस्था थप तनावपूर्ण बनेको थियो। आन्दोलनका क्रममा एक दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए । यस्तै प्रदर्शनकारीले वीरेन्द्रनगरमा रहेका प्रहरीका बीट र सीसी क्यामेरामा तोडफोड गरेका थिए।            
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.