टोयोटा डिलर्स मिट २०२० सम्पन्न

टोयोटा डिलर्स मिट २०२० सम्पन्न

काठमाडौं : टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटिएस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला सम्पन्न भएको छ । गत सोमबार पोखरास्थित होटल बाराहीमा संचालन गरिएको उक्त बैठकमा यूटिएसकको प्रबन्ध निर्देशक रीतु वैद्यलगायत देशभरका टोयोटा थ्री एस डिलरले सहभागिता जनाएका थिए।

उक्त भेलाको उद्देश्य युटिएसले वर्षौँदेखि ग्राहकलाई प्रदान गर्दै आएको टोयोटाका सवारीको बिक्री र सेवाको सुधार गर्दै अझै व्यापक बनाउने र डिलरबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो । 

ग्राहक वर्गमाझ सर्वाधिक रुपमा लोकप्रीय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समयदेखि विभिन्न मोडलका सवारी बिक्री वितरण गर्दै आएको छ ।

अधिराज्यभर फैलिएको बिक्रीवितरण सन्जाल, सेवा केन्द्रले प्रदान गर्दै आएको सहज सेवा तथा सुविधाका कारण ग्राहकको आँखामा विश्वासिलो ब्राण्ड बन्न पुगेको टोयोटा भविष्यमा पनि ग्राहकको सेवा र सहजतामा तत्पर रहने कम्पनीको दावी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.