प्रतिनिधिसभा बैठक बस्दै : के छन् एजेण्डा ?
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक शुक्रबार बिहान ११ बजेका लागि डाकिएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन्।
यस्तै, नेपाल इन्जनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र संघ,प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ।
प्रधानमन्त्री केपी ओलीले न्याय परिषद र न्याय सेवा आयोगको आ.व. ०७५/०७६ को वार्षिक प्रतिवेदन लगायतका प्रतिवेदन पेश गर्ने एजेन्डाहरु रहेका छन्। ।
बैठकले कांग्रेसका नेता तथा प्रतिनिधिसभाका पूर्व सदस्य गम्भीरजंग कार्कीको निधनमा शोकप्रस्ताव पनि पारित गर्काे कार्यसूची छ।
।