शिक्षकको सरुवा अब सजिलो
काठमाडौं : लामो समयदेखि रोकिएको सामुदायिक विद्यालयका शिक्षकको जिल्लान्तर सरुवा फुकुवा भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरुवा फुकुवाको निर्णय गरेको हो ।
यो निर्णयसँगै एक जिल्लामा कार्यरत शिक्षक अर्को जिल्लामा सरुवा भएर जान पाउँछन् । तर यसरी सरुवा हुनुअघि फकर जिल्लामा जान र आउन चाहने शिक्षकले सम्बन्धित विद्यालयको स्वीकृति अनिवार्य रुपमा लिनुपर्नेछ ।
तर पुल दरवन्दी नरहेको तहको रिक्त शिक्षक दरवन्दीमा जिल्लान्तर सरुवा फुकुवा गरिएको केन्द्रले जनाएको छ । केन्द्रले यसअघि सम्बन्धित जिल्लाको स्थानीय तहका लागि मात्र सरुवा फुकुवा गरेको थियो ।