सेनाले विस्फोटकसँग डेटोनेटर दिने

सेनाले विस्फोटकसँग डेटोनेटर दिने

काठमाडौं : नेपाली सेनाले विभिन्न परियोजनालाई विस्फोटक पदार्थसँगै 'डेटोनेटर' पनि उपलब्ध गराउने भएको छ । विस्फोटक पड्काउन प्रयोग गरिने डेटोनेटर किन्न उसले प्रक्रिया अघि बढाएको छ । हाइड्रोपावर कम्पनी, सडक निर्माणलगायत परियोजनाले सेनाबाट उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्दै आएका छन् । सेनाले डेटोनेटर पनि उपलब्ध गराएपछि यी दुवै खरिदमा लाग्ने परियोजनाको खर्च कम हुनेछ ।

तीन महिनाभित्र २८ लाख डेटोनेटर ल्याउने गरी प्रक्रिया बढाइएको सैनिक स्रोतले जनाएको छ । सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत सेनाले डेटोनेटर किन्न लागेको हो । डेटोनेटर किन्न सार्वजनिक बोलपत्रमार्फत खरिद प्रक्रिया टुंग्याइएको छ । विस्फोटकसँगै डेटोनेटर किन्दा व्यवसायीलाई सस्तो पर्ने सेनाले जनाएको छ । सैनिक प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले विभिन्न परियोजनालाई विस्फोटकसँगै डेटोनेटरसमेत दिने तयारी भइरहेको बताए । सेनालाई भारतीय कम्पनीले डेटोनेटर आपूर्ति गर्नेछ ।

सेनाले मकवानपुरको सुनाचुरीस्थित इमल्सन प्लान्टबाट विस्फोटक उत्पादन गर्दै आएको छ । उसले आफूले उत्पादन गरेको विस्फोटकको बजार प्रवद्र्धन सहज बनाएको छ । उसले सुनाचुरीसहित बाँकेको सल्यानगरस्थित स्टोर, महोत्तरीको बर्दिवासस्थित स्टोर र चितवनबाट विस्फोटक पदार्थ वितरणको तयारी छ । सुनाचुरीमा दुईवटा प्लान्टले विस्फोटक पदार्थ उत्पादन गरिरहेका छन् । सेनाको उत्पादन कमसल रहेको आरोप लाग्दै आएको थियो । प्लान्ट नहुँदा विगतमा धेरै विस्फोटक पदार्थ उत्पादन भएको थिएन ।

सेनाले विस्फोटक पदार्थमा आत्मनिर्भर हुन उत्पादन गर्ने नयाँ प्लान्ट चीनबाट किनेको थियो । त्यसबाट उत्पादित विस्फोटकको गुणस्तर प्रभावकारी देखिएको छ ।

सेनाले केही दिनअघि विभिन्न परियोजनाका प्रतिनिधिसामु निर्माणाधीन फास्ट ट्र्याकमा पर्ने सिस्नेरीमा स्वदेशी र विदेशी कम्पनीबाट उत्पादित विस्फोटकको गुणस्तर परीक्षण गरेको थियो । उसले उत्पादन गरेको विस्फोटकको गुणस्तर उच्च पाइएको थियो । देशमा बर्सेनि ५-७ हजार मेट्रिक टन विस्फोटक खपत हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.