सामुदायिक वनको जग्गामा वडा कार्यालय भवन

सामुदायिक वनको जग्गामा वडा कार्यालय भवन

महेन्द्रनगर : कञ्चनपुरका केही स्थानीय तहले प्रक्रिया नपुर्‍याइ सामुदायिक वनको जग्गा अतिक्रमण गरी वडा कार्यालय भवन तथा अन्य भौतिक संरचना निर्माण गरेका छन्। डिभिजन वन कार्यालय कञ्चनपुरले स्थानीय तहले वनको जग्गा सामुदायिक वन उपभोक्ता समितिको साधारणसभाको निर्णयकै भरमा वडा कार्यालय भवन निर्माण गरेको जनाएको छ।

‘सामुदायिक वनको उपभोक्ता समितिले गरेको निर्णयमा टेकेर वन अतिक्रमण गरि संरचना निमार्ण भएका छन’ डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकृत शिवराज अवस्थीले भने ‘मन्त्री परिषद्को निर्णय विना वनको जग्गामा भौतिक संरचना निर्माण गर्न मिल्दैन्।’

उनले वन क्षेत्रमा भौतिक संरचना निमार्ण गर्दा मन्त्रीपरिषद्को निर्णयबाट हुनुपर्ने प्रावधान रहेको बताए। कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ पहरिया र शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा सामुदायिक वनको जग्गा अतिक्रण गरी वडा कार्यालय भवन बनाइएको डिभिजन वन कार्यालयले जनाएको छ।

त्यस्तै बेदकोट नगरपालिकाले पनि नगर अस्पतालका लागि जयशंकर सामुदायिक वनमा पर्खाल निर्माण गरेको छ। बेदकोट नगर अस्पतालका लागि संघिय सरकारले पनि बजेट विनियोजन गरिसकेको छ। 

वन कार्यालयले लिखित रुपमै पक्रिया पुरा गरेर निमार्ण कार्य गर्न पत्राचार गरेको भएपनि स्थानीय तहले बेवास्ता गरेको अवस्थीले बताए। स्थानीय तहहरुले ठेक्का लगाएको खोला तथा नदीहरुमा अवैध उत्खनन भएकोे जिल्ला समन्वय समितिको ठहर छ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण हमालले स्थानीय तह आफैंमा सरकार भएको बताउँदै जनताको सहजका लागि उपभोक्ता समितिबाट पास गरेर वनको क्षेत्रलाई क्षती नपुग्ने गरी वडा भवन निमार्ण गरेको बताए।

‘जग्गा प्राप्तीका लागि हामीले मन्त्रीपरिषदसम्म पुग्न सकेनौं नगरकार्यपालिकामा पास गरेर स्थानीयहरुको सहमतीमा भवन बनाएका हौ’ नगर प्रमुख हमालले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.