बिचफाँटामा बीओपी स्थापना

बिचफाँटामा बीओपी स्थापना

महेन्द्रनगर : नेपाल–भारत सीमा जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख गोविन्द क्षेत्री र नेकपाका प्रमुख सचेतक तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले शनिबार बीओपीको उद्घाटन गरे।

सीमा सुरक्षा र सीमावर्ती क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरीले जनाएको छ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरबहादुर साहुले कञ्चनपुर जिल्लाका १३ स्थानमा बीओपी राखिने बताए। ‘भारतसँग सीमा जोडिएका कञ्चनपुरका १३ स्थानमा बीओपी स्थापना हुन्छ, ६ स्थानमा स्थापना भैसकेका छन्,’ उनले भने। ‘अन्य स्थानमा पनि छिट्टै बीओपी स्थापना हुन्छ।

उनले कञ्चनपुरको बेलडाँडी, पूर्ववास, ब्रह्मदेव, दोधारा चाँदनी, बैलौरी र पुनर्वासको आनन्द बजारमा बीओपी स्थापना भैसकेको बताए। यसअघि सीमाक्षेत्रमा सशस्त्रको उपस्थिति न्यून रहे पनि बीओपी स्थापनाले सिमानामा निगरानी बढ्ने सशस्त्रका एक अधिकृतले बताए।

‘थोरै जनशक्तिले धेरै दुरी हेर्नुपर्ने बाध्यता थियो। बीओपी स्थापनाले सहज भएको छ,’ उनले भने, ‘छोटो दुरीमा बीओपी स्थापना हुँदै छन्, अब सीमामा निगरानी बढ्छ।’ नेपाल–भारत सिमानामा बीओपी स्थापनाले सीमाक्षेत्रको रक्षा तथा आपराधिक क्रियाकलापमा न्यूनीकरण हुने अपेक्षा गरिएको छ। हाल करिब २० किलोमिटरको दूरीमा बीओपी रहेको भए पनि जिल्लामा १३ स्थानमा स्थापना भएपश्चात् ६÷७ किलोमिटरको दुरीमा बीओपी रहने सशस्त्रको ३५ नम्बर गणका गणपति साहुले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.