कार प्रयोग गरी चोरी ! गिरोह नै प्रकाउ
काठमाडौं : उपत्यकाका विभिन्न स्थानमा दिउँसै चोरी गर्ने गिरोह पक्राउ परेको छ।सामान र नगदसहित चारजनाको समूहलाई बूढानीलकण्ठ १३ को चुनिखेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए।
पक्राउ पर्नेमा दोलखाका ३० वर्षीय रवि कार्की, काठमाडौं बुढानिलकण्ठ नगरपालिकाका १९ वर्षीय राजन खनाल र २० वर्षीय उपेन्द्र खरेल र खोटाङ घर भएका हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका ४३ वर्षीय मौलबहादुर विक रहेका छन्।विक सुनचाँदी पसलका संचालक हुन्।
उनीहरुको साथबाट १ लाख ६० हजार नगदसहित एकथान सामसुङ मोबाइल र एक थान पर्स बरामद गरेको छ। यी सबै सामान बिष्णुबहादुर कार्कीको डेराबाट यही माघ १५ गते चोरी भएका सामान हुन्।
उपेन्द्र खरेलको समूहले दुई/चार दिनअघिदेखि बिष्णु कार्कीको डेरा रेकी गरी घरमा कोही नभएको मौका पारी चोरी गरेको अनुसन्धानाट खुल्न आएको छ। उनीहरुले कार्कीको डेराबाट २ लाख नगद, २० तोला सुनका गरगहना र एक थान सामसुङ मोबाइल चोरी गरेका थिए।
उनीहरुले चोरीमा प्रयोग गरिएको कार रवी कार्कीको नाममा रहेको पाइएको छ। खरेलले उक्ता कार एकजना महिलासँग तीन लाखमा खरिद गरेको अनुसन्धानबाट खुलेको छ। उक्त समूहले विष्णु कार्कीको डेराबाट चोरी गरेको ७ तोला सुन गोकर्णेश्वर नगरपालिका 5 स्थित निश्चल सुनचाँदी पसलमा बिक्री गरेको पाइएको छ।
सो समूहले १७ हजार रकम बुढानिलकण्ठस्थित ब्याम्बो कटेजमा खर्च गरेको खुल्न आएको छ।सोही समूहले सुन बिक्रीबाट आएको रकम नयाँ बसपार्कस्थित वेब डान्सबारमा खर्च गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
प्रहरीले उपेन्द्र खरेल र राजन खनाललाई टोखास्थित भिमबहादुर पुनको घरमा चोरी गरेको विरुद्ध वृत्त महाराजगन्जमा चोरी मुद्दा चलाइएको छ।