न्युजल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

न्युजल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ । उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन् ।  

उनको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेका छन् । देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको स्मरण उनले गरे । 

विश्व व्यापार सङ्गठन (डब्लुटिओ)लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पुर्‍याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उनले उल्लेख गरे।  

'हरेकले उनलाई न्युजल्याण्डका लागि र न्युजल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मेका भन्ने गरेका छन्', प्रधानमन्त्री जसिन्दाले भने । 

उनी सन् १९९० मा न्युजल्याण्डको ३४ औँ प्रधानमन्त्री बनेका थिए । सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.