कैलालीमा प्रहरी र प्रदर्शनकारीबीच झडप : १० घाइते

कैलालीमा प्रहरी र प्रदर्शनकारीबीच झडप : १० घाइते

टीकापुर : कैलालीको लम्कीचुहा नगरपालिका-४ बलियामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ ।सडक दुर्घटनामा परी शनिबार ज्यान गुएका लम्कीचुहा नगरपालिका- ६ लुहारपुरका मायाराम चौधरीको ज्यान गएको थियो । मृतक चौधरीले चलाएको से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। पीडितले न्याय पाउनु पर्ने माग गर्दै प्रदर्शनकारीले दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध  गरेका थिए । 

शुक्रबार रातिदेखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका मृतकका समर्थक र प्रहरीबीच राजमार्ग खुलाउने विषयमा विवाद हुँदा झडप भएको हो । 
    

प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा र इँटाका टुक्रा प्रहार गर्दा १० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् भने प्रदर्शनकारी समेत घाइते छन् । भीड नियन्त्रण लिन प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो। 
 प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग आइतबार दिनभर ठप्प रहेको छ । राजमार्ग ठप्प हुँदा सयौं सवारी साधन र यात्रीहरु अलपत्र परेका छन् । घटनाबारे ईलाका प्रहरी कार्यालयमा पीडितपक्षसँग छलफल भइरहेको छ । प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट आफूलाईसमेत सामान्य चोट लागेको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । 

मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका चौधरी पक्षधरले ठक्कर दिने सवारी दोषी तत्काल पत्ता लगाइ कारबाही गर्न र उचित क्षतिपूर्तिको माग गरिरहेका छन् । 

मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । पीडित पक्षले भने दोषीलाई कारबाही नगरेसम्म शव नबुझ्ने अडान लिएका छन् ।   प्रहरीले ठक्कर दिएको हुनसक्ने आशंकामा से १ च १७०० नम्बरको एम्बुलेन्स र चालक कालुसिंह भुललाई नियन्त्रणमा लिएर अनुसन्‍धान सुरु गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.