उखु किसानको आन्दोलन : उपवासदेखि अनशनसम्म

उखु किसानको आन्दोलन  : उपवासदेखि अनशनसम्म

काठमाडौं : उखु किसान संघर्ष समितिले बक्यौता रकम पाउनका लागि एक छाके उपवासदेखि अनिश्चितकालीन रिले अनशनसम्मको संघर्षको कार्यक्रम तय गरेका छन् ।

संघर्ष समितिले सरकारले वाचा गरेर पनि तोकिएको समयमा बक्यौता रकम उपलब्ध गराउन नसकेको विरोधमा आगामी चैत ४ गतेदेखि दोश्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

आन्दोलनको विभिन्न स्वरुपअन्तर्गत बिहान एक छाक खाने र राति एक छाक नखाएर (एक छाके उपवास गरी) भोकै पेट खेतमा काम गर्ने कार्यक्रम समेटेका छन् । 

उखु किसान संघर्ष समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी दोश्रो चरणको आन्दोलनको घोषणा गरेको हो । समितिका अध्यक्ष रामस्वार्थ रायका अनुसार शनिबार सर्लाहीको गोडैतामा सम्पन्न संघर्ष समितिको बैठकले राजधानीमा दोश्रो चरणको अनिश्चितकालीन आन्दोलन गर्ने निर्णय गरेको हो । 

‘पुष १८ गते भएको सरकारसँगको सम्झौता पूर्ण रुपमा कार्यान्वयनमा आएन,’ रायले भने,‘तोकिएको अवधिभित्रमा बक्यौता रकम भुक्तानी गराउन सरकारले इमान्दारिता देखाउन सकेन। सरकारको गैर जिम्मेवारीपनको पराकाष्टाविरुद्ध दोश्रो चरणको आन्दोलन घोषणा गरेका छौं ।’

रायका अनुसार संघर्ष समितिले गरेको निर्णयअनुसार  सर्लाहीका सम्पूर्ण गाउँपालिकाको वडा स्तरसम्म पहुँच हुने किसानको टोली खटाएर आइतबारदेखि फागुन ५ गतेसम्म वक्यौता रकम नपाउने किसानको तथ्यांक संकलन गरिनेछ ।  
फागुन ६ गतेदेखि २१ गतेसम्म उखु किसानले एक छाक मात्रै खाएर खेतमा काम गर्ने, फागुन २२ गतेदेखि चैत २ गतेसम्म ‘चलु काठमाडौं, भरु काठमाडौं’ नाराका साथ पीडित किसान काठमाडौंमा जम्मा हुने र चैत ४ गतेदेखि माइतिघर मण्डलामा अनिश्चितकालीन आन्दोलन र रिले अनशन गर्ने कार्यक्रम तय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.