जीपको ठक्करबाट बालकको मृत्यु

जीपको ठक्करबाट बालकको मृत्यु

दैलेख : पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत भैरबी गाउँपालिका-२ रावतकोटमा जीपको ठक्करबाट आइतबार राति एक बालकको मृत्यु भएको छ । डाडीमाडी बजारबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको लु १ च ६२९२ नम्बरको बोलेरो जीपले सडकमा खेलिरहेका ४ वर्षीय प्रकाश थापालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते बालकको दैलेख अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिए । प्रहरीले जीप चालक बलबहादुर सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.