रास्कोटमा एक घर, एक धारा

रास्कोटमा एक घर, एक धारा

कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाले एक घर, एक मिटरसहितको धारा निर्माण गरेको छ । रास्कोट नगरपालिका र युनिसेफ नेपालको सहयोगमा नगरपालिकाको ६ बड्डालामा एक घर एक धारा निर्माण गरेको हो।  

आर्थिक वर्ष २०७४/०७५ बाट नगरले सुरु गरेको एक घर एक धारा निर्माणको अभियान तीनवटा वडामा सम्पन्न गरेको रास्कोट नगरपालिा प्रमुख कासीचन्द्र बरालले बताए । 

उनका अनुसार दुई वर्षको अवधिमा रास्कोटको ९ मा १ सय ८० घरधुरी, ६ मा ८१ घरधुरी र २ मा ८० घरधुरीमा एक घर एक धारा निर्माण भइसकेको छन् ।

उनले भने, 'तीनवटा वडामा एक घर एक धारा निर्माण भइसकेका छन् । बाँकी वडामा पनि निर्माणको काम थालिएको छ । युनिसेफ र नगरपालिकाको झण्डै डेड करोड लगानीमा तीनवटा वडामा एक घर एक धारा निर्माण भएका छन् । चालु आर्थिक वर्षबाट नगरपालिका भित्रका सबै तहका विद्यालयमा पनि मिटरसहितका बालमैत्री धारा र शौचालय पनि निर्माण भइरहेका छन् । 

उनले रास्कोट नगरपालिकालाई अबको दुई वर्षभित्र हरेक घरमा मिटरसहितको धारा र हरेक टोल पूर्ण सरसफाई उन्मुख हुने दाबी गरे । 
  
रास्कोट नगरपालिकाको ९ का ६० घरधुरीमा नमुनाका रुपमा सुरुवात गरिएको एक घर एक धारा निकै प्रभावकारी भएको रास्कोट नगरपालिका ९ का अध्यक्ष एवं नगरको पूर्वाधार विकास समितिका संयोजक डबल बोगटीले बताए ।

उनका अनुसार एक घर एक धारा निर्माण अभियानमा कर्णाली प्रदेश सरकारले पनि सहयोग गरेको छ । प्रदेश सरकारबाट गत आर्थिक वर्षमा ३५ लाख बजेट खानेपानीमा बिनियोजन गरेको थियो । उनले भने, 'यहाँका नागरिकको पहिलो आवश्यकता सडक र खानेपानी अहिले घर घरमा पुगेको छ । रास्कोट नगरपालिका  ९ निवासी स्थानीय धर्मराज ऐडीले घरमा बालमैत्री धारा जडान भएपछि खानेपानीको लागि खोलाको पानीको भर पर्नुपर्ने समस्या अन्त्य भएको बताए ।

उनले आफ्नै घरको आँगनमा खानेपानीको धारा भएपछि समयको बचत हुनुका साथै करेसा बारीमा सिंचाइ गर्न पनि सहज भएको बताए । सुन्दर रास्कोट र समूद्ध रास्कोट बनाउनका लागी शिक्षा, स्वास्थ्य, यातायात र खानेपानी क्षेत्रलाई नगरले पहिलो प्राथमिक्ता दिएको रास्कोट नगरपालिका ६ का अध्यक्ष एवं नगर प्रवक्ता टक्क फर्सालले बताए ।

उनले भने, 'बड्डालाको टोलमा प्रत्येक बर्षातमा खोलाको धमिलो पानी खानुपर्ने बाध्यताको अन्त्य भएको छ । खानेपानीको समस्या रहेका रस्कोटका ग्रामिण बस्तीमा एक घर एक धारा निर्माण भएपछि स्थानीयबासी खुसी भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.