कोरोना भाइरस सङ्क्रमण भएमा कस्ता लक्षण देखिन्छन् ?

कोरोना भाइरस सङ्क्रमण भएमा कस्ता लक्षण देखिन्छन् ?

एजेन्सी : महामारीको मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले कोरोना भाइरस संक्रमण भएका व्यक्तिमा देखिएका लक्षणबारे जानकारी दिएको छ। त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको छ।

यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ? यसका लक्षणहरू के हुन्? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ? यसको उपचार कसरी हुन्छ? यी सबै जानकारी उक्त जर्नलमा प्रकाशित गरेको छ।

फोक्सोमा आक्रमण

९९ जना बिरामीलाई अस्पताल लगिँदा निमोनियाको सङ्क्रमण देखिएको थियो।यसका अलवा उनीहरुमा विभिन्न लक्षण देखिएको थियो।बिरामीमध्ये ८२ जनालाई ज्वरो आएको थियो।८१ जनालाई रुघाखोकी लागेको थियो।यस्तै ३१ जनाको श्वासप्रश्वासमा समस्या भएको थियो।११ जनालाई मांसपेशी दु:ख्ने समस्या थियो।९ जनामा मिश्रित समस्या देखिएको थियो।८ जनालाई टाउको दु:खेको थियो भने ५ जनाको घाँटीमा सङ्क्रमण भएको थियो।

प्रारम्भिक मृत्यु

कोरोना भाइसको संक्रमणबाट ज्यान गुमाउने प्रथम दुई बिरामी लामो समयदेखि धूमपान गर्ने व्यक्ति थिए। तर उनीहरु झट्ट हेर्दा सामान्य देखिन्थे।तर चुरोटले उनीहरूको फोक्सो कमजोर बनाएको चिकित्सकले औंल्याएका छन्।

उपचारका लागि अस्पताल पुर्याइएका ६१ वर्षीय पुरुषमा गम्भीर अवस्थाको निमोनिया भएको थियो।उनको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न सकेको थिएन।भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनले सास फेर्न छाडे।

अस्पताल भर्ना भएको ११ दिनपछि उनको मृत्यु भएको थियो।अर्का बिरामी ६९ वर्षीय पुरुष थिए। उनलाई पनि श्वास फेर्न गाह्रो भएको थियो।उनलाई एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो।गम्भीर निमोनिया र शरीरभरि सङ्क्रमण फैलिएपछि रक्तचाप ह्वात्तै घट्यो र उनको मृत्यु भयो। ती ९९ बिरामीमध्ये धेरैजसो अधबैँसे थिए।

ह्वानेनस्थित एउटा समुद्री खाद्यपदार्थ बजारमा जिउँदै बेच्न राखिएका जीवबाट उक्त भाइरस फैलिएको अनुमान छ।
उनीहरूको औसत आयु ५६ थियो र ६७ जना पुरुष थिए।

कोरोना भाइस संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या ३६१ पुगेको छ। १७ हजार २ सय ३८ जना संक्रमित रहेको त्यहाँको अस्पतालले जानकारी दिएको छ।यो रोगबाट अहिलेसम्म २४ मुलुक प्रभावित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.