यातायताका अधिकृतसहित दुई पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित यातायात व्यवस्था सेवा कार्यालय सानो भर्याङ स्वयम्भूका अधिकृत शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडा नियन्त्रणमा लिएको छ।
सेवाग्राही खतिवडाले सवारी कर र प्रदूषणबापतको रकम तिर्नका लागि १३ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
घुससहित कार्यालय परिसरबाट पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।