टी-ट्वान्टी : विश्व वरियतामा नेपाल यथावत्, ब्याटिङमा पारस ६२ औं स्थानमा

टी-ट्वान्टी : विश्व वरियतामा नेपाल यथावत्, ब्याटिङमा पारस ६२ औं स्थानमा

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी-ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ। आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी-ट्वान्टीतर्फ १२ औँ स्थानमा रहेको छ। यसअघि पनि नेपाल १२औँ स्थानमा थियो। 

टी-ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन्। टी-ट्वान्टीको खेलाडी बरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन्। यसअघि उनी ६०औं स्थानमा थिए। 

यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५ औँ स्थानमा छन्। यसअघि उनी ८३औँ स्थानमा रहेका थिए। अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा तथा सोमपाल कामी ६५औँ स्थान तथा करण केसी ७५ औँ स्थानमा रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.