ट्याक्टरमा वट राख्ने क्रममा सहचालकको मृत्यु
बागलुङ : जिल्लाको बडिगाड गाउँपालिका–९ बलघाँसमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
बडिगाड बलघासको बडिगाड खोलाबाट गैरीगाउँतर्फ ढुंगा लिएर गएको ध १ त ३७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक १८ वर्षीय आश्विन बिकको घटनास्थलमै मृत्यु भएको हो।
उकालो सडकमा ट्याक्टर रोकेर वट राख्ने क्रममा ट्याक्टर अचानक गुडेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी सहायक निरीक्षक धर्मराज खनालले जानकारी दिए।
दुर्घटनापछि भागेका ट्याक्टर चालक सन्तोष परियारलाई भिमगिठे बजारबाट नियन्त्रणमा लिइएको छ। दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक खनालले बताए।