२० किलो चरेससहित पाँच पक्राउ
![२० किलो चरेससहित पाँच पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/chares-dading_20200203145223_iqvwuT0Hxs.jpg)
धादिङ : २० किलो चरेससहित खरिद विक्री गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ। बेनिघाट रोराङ गाउँपालिका-४ मा चरेसको खरिद विक्रीको मोलमोलाई हुँदै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुको साथबाट ४ थान मोवाइल र नगद २ लाख ४० हजार रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका-९ स्थायी घर भइ बेनिघाट रोराङ गाउँपालिका-२ काफलफेदी बस्ने सुकलाल गोम्वो, भीमलाङ गोम्वो, पासाङ तामाङ, कान्छामान स्याङतान र म्याग्दीको मालिका गाउँपालिका-२ दरवाङ बस्ने तिलक विश्वकर्मा रहेका छन्। उनीहरुको साथबाट २० केजी चरेश सहित १ लिटर चरेश बनाउने केमिकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला अदालत धादिङबाट १० दिनको म्याद गरी थप अनुसन्धान भइरहेको छ।
बेनिघाट रोराङ गाउँपालिकाको महादेवस्थान र सीमा जोडिएको मकवानपुरको राप्ती नगरपालिका, राक्सीराङ गाउँपालिकालगायतको महाभारत पहाड क्षेत्रमा अवैध गाँजाको खेती हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)