सुदूरपश्‍चिममा स्वास्थ्य बीमा : चार वर्षमा १३ प्रतिशत मात्रै सहभागी

सुदूरपश्‍चिममा स्वास्थ्य बीमा : चार वर्षमा १३ प्रतिशत मात्रै सहभागी

धनगढी : सुदूरपश्चिम प्रदेशमा साढे दुई लाख नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । ४ वर्षमा २ लाख ५३ हजार ६ सय २० नागरिकले स्वास्थ्य बीमा गराएका हुन् । बीमा गरेकाले पनि नियमित नविकरण गरेका छैनन् । नेपाल सरकारले योगदानमा आधारित स्वास्थ्य बीमा कार्यक्रम २०७२ चैतबाट कैलालीबाट सुरु गरेको थियो । 

२८ लाख बढी जनसंख्या भएको सुदूरपश्चिममा १३ प्रतिशत भन्दा बढी नागरिक स्वास्थ्य बीमामा सहभागी हुन नसकेको सुदूरपश्चिम स्वास्थ्य विमा बोर्डले जानकारी दिएको छ । स्वास्थ्य बीमा कार्यक्रमको स्थायित्वका लागि प्रति परिवारबाट वार्षिक ३ हजार ५ सय मा बीमा कार्यक्रम सुरु गरेको थियो । बीमा गरे बापत राज्यले वार्षिक १ लाख रुपैयाँसम्मको सेवा दिने नीति लिएको छ ।५ जनाको परिवारलाई एउटा परिवार मान्ने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी तराईका जिल्ला कैलालीमा १ लाख ३९ हजार ८ सय २० र कम दार्चुलामा ६ हजारले स्वास्थ्य बीमा गरेको सुदूरपश्चिम स्वास्थ्य विमा बोर्डका प्रदेश संयोजक जनकबहादुर साउँदले जानकारी दिए ।  

स्वास्थ्य बीमा गर्नेमा बैतडीमा १३ हजार, अछाममा २७ हजार, बाजुरामा २६ हजार ६ सय ५०, बझाङमा ३० हजार ४ सय ५० र कञ्चनपुरमा १० हजार ७ सय नागरिक छन् । सुदूरपश्चिमका ९ जिल्ला मध्ये ७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । डोटी र डडेल्धुरामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छैन् । ती जिल्लामा फागुनदेखि लागू हुने बोर्डले जनाएको छ । 

प्रदेशका ३१ वटा विभिन्न स्वास्थ्य संस्थाले बिमितलाई सेवा दिइरहेको प्रदेश संयोजक साउँदको बताए । 'राज्यले स्वास्थ्य बीमा बापत विपन्न परिवारका लागि छुट्टै प्याकेज दिने प्रयास गरेको छ । यो सामाजिक न्यायमा आधारित कार्यक्रम हो । 

'संविधानले पनि व्यवस्था गरेको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क छ, 'बार्डका सुदूरपश्चिम संयोजक साउँदले भने । सेवा प्रदायक संस्थाबाट प्रदान गरिने सेवासुविधा प्रभावकारी नहुँदा सुदूरपश्चिम प्रदेशमा ४० प्रतिशत मानिसले स्वास्थ्य बीमाको नविकरण गरेको छैनन् । नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यका साथ स्वास्थ्य बीमा कार्यक्रम सुरु भएपनि प्रभावकारी बन्न सकेको छैन ।

नेपालको संविधानमै उल्लेख गरी सबै नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउनका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको हो । 

स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउँन सामाजिक विकास मन्त्रालयले नीति बनाइ रहेको स्वास्थ्य महासाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । 'धेरै मुलुकमा सफल मानिएको स्वास्थ्य बीमा नेपालमा प्रभावकारी भएको देखिएको छैन्' उनले भने, मन्त्रालय बीमा कार्यक्रममा स-सक्त बनाउने अभियानमा छ ।'

बीमा गरेका मध्ये ६० प्रतिशतले मात्रै पुनः बीमा गरेका छन् । सेवा प्रदायक संस्थाहरु बिमितको पहुँच भन्दा टाढा भएका कारण कार्यक्रममा चुनौति थपिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डाक्टर भुषण मीश्रले बताए । 

स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाका हरेक वडामा दर्ता सहयोगी छन् । उनीहरू उपलब्ध नभए वडामा गएर, सम्पर्क गरेर बिमा कार्यक्रममा सहभागी हुन सक्छन् । अहिलेसम्म सहभागिता न्यून रहेको डाक्टर मीश्रले भने ।

 स्वास्थ्य बीमा नियमवलीमा ७० वर्ष पुगेका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम गराउने योजना अनुसार सुदूरपश्चिम प्रदेशमा २० हजार जेष्ठ नागरिकको बीमा गराइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.