विकास ओसार्ने पुल जिर्ण

विकास ओसार्ने पुल जिर्ण

कालिकोट : कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्ने जितेबजारमा रहेको झोलुङ्गे पुल जिर्ण बनेको छ। जिल्लाको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकाको सिमानामा रहेको दुई वटा राजमार्ग जोड्ने उक्त झोलुङ्गे पुल जिर्ण बनेको हो।

कर्णालीको भविष्यसँग जोडिएको कर्णाली करिडोर जोड्ने खुलालु पुल नबन्दा विकास ओसार्न विकल्प बनेको उक्त झोलुङ्गे पुल जिर्ण बन्दै गएपछि विकासी सामान तथा यात्रा गर्न समस्या भएको छ। झोलुङ्गे पुलमा रहेको जाली च्यातिएको र पुलनै दिन प्रतिदिन कम्जोर हुँदै गएको छ। पुलबाट सामान लिँदा वा मानिसहरु आवतजावत गर्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। दैनिक रुपमा सयौंको संख्यामा यात्रुहरु र जिल्लाका ५ वटा स्थानीय तहको विकासी सामानहरु कर्णाली तार्ने उक्त पुल जिर्ण बनेपछि सामान ढुवानी तथा आवतजावतका लागि समस्या भएको स्थानीय व्यपारी विजुत्त संज्यालले बताए। उनले भने, ‘जिते बजारमा फेरी पनि छ। तर त्यहाँ हिउँदको समयमा गाडी मात्र तारिन्छ। गाडीमा आएको सामान त्यही झोलुङ्गे पुलबाट कर्णाली तारिन्छ। फेरीमा वर्षामा गाडी तार्न पनि बन्द हुन्छ। सुर्खेत नेपालगञ्जबाट विकास निर्माण, स्थानीय हाटबजारका लागि आएको सबै किसिमको सामानहरु झोलुङ्गे पुलबाटै तार्नु पर्ने बाध्यता छ। तर पुल जिर्ण बन्दा कसैले पनि त्यसको मर्मतका लागि पहल गरेको छैन्।

जिल्लाको पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेण गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा जाने हरेक विकासी सामानहरु पनि जितेमा रहेको झोलुङ्गे पुलबाटै कर्णाली तार्नु पर्नुपर्छ। उनका सरकारी तथा निजी मोटरसाइकहरुले पनि यो पुल भएर कर्णाली करिडोर र कर्णाली राजमार्गमा आउने जाने गरेका छन्। कर्णाली करिडोर सञ्चालनमा आएपछि कर्णाली तर्ने हरेक मोटरसाईकल यात्रुहरुले यही झोलुङ्गे पुल भएर आवतजावत गर्ने गरेका छन्। मान्छे र पशुवस्तु हिड्न बनाईएको झोलुङ्गे पुलमा मोटरसाईकल, विकासी सामानहरु ओसार्दा पुल जिर्ण भएको हो।

पचालझरना गाउँपालिका जाजरकोटका हार्डवेयर व्यापारी ददी बुढाले जितेबजारमा रहेको झोलुङ्गे पुल जिर्ण बनेपछि आफुहरुलाई सामान ढुवानी गर्न समस्या भएको बताए। पुल निर्माणको थालनी भएको १० वर्ष बित्तिसक्दा पनि खुलालु पुलमा जग मात्र खनिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.