‘सरकारमा जान नेकपासँग सम्झौता भएको होइन’

‘सरकारमा जान नेकपासँग सम्झौता भएको होइन’

मलंगवा : सरकारमा जानका लागि नभएर संविधान संशोधन गराउनका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारसँग सम्झौता भएको राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय संयोजक महेन्द्रप्रसाद यादवले बताएका छन्। 

सर्लाहीको मलंगवामा मंगलबार आयोजित १४ औं यादगारी दिवसलाई सम्बोधन गर्दै संयोजक यादवले छातिमा ढुंगा राखेर नेकपा सरकारसँग सम्झौता गरेको बताए। 
संविधान संशोधन र मधेश आन्दोलनको क्रममा झुटा मुद्दा लागेकाको मुद्दा फिर्ता गराउनका लागि सम्झौता गरेको यादवको भनाइ छ। 

नेकपा सरकारसँग मिलेर गएमात्र मधेसको माग सम्बोधन हुने भएकाले सम्झौता भएको उनको भनाइ छ। ‘कुनै पनि शर्तमा राजपा सरकारमा जाँदैन’, उनले भने, ‘यदि कसैले राजपामा सरकारमा जान्छ भनेर सपना देखेको छ भने त्यो दिवा सपना मात्र हो।’

अर्को प्रसंगमा संयोजक यादवले राजपा र समाजवादी बीचको एकता केही दिनमा हुने बताएका छन्। मुलुकको आवश्यकताका लागि राजपा र समाजवादी पार्टीको एकता अनिवार्य भएको उनको भनाइ छ। 

पार्टीको नाम, चुनाव चिह्न र पार्टीको झण्डाको विषयमा सहमति भइसकेको छ। नेतृत्वको सबालमा पनि करिब–करिब सहमति भइसकेको छ। महन्थ ठाकुर पार्टीको नेता हुने विषयमा सहमति भइसकेको उनले बताए। 

२०६३ साल माघ २१ गते भएको मधेश आन्दोलनको क्रममा मलंगवामा शहादत भएका पाँच सहिदको सम्झनामा हरेक वर्ष यादगारी दिवस मनाउँदै आएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.