पृथ्वीनारायणको व्रतबन्ध भएको मन्दिरको पुनःनिर्माण अझै भएन (भिडियो)

पृथ्वीनारायणको व्रतबन्ध भएको मन्दिरको पुनःनिर्माण अझै भएन (भिडियो)

धादिङ : शक्तिशाली भूकम्प गएको साढे चार वर्षसम्म पनि सांस्कृतिक सम्पदाको पुनःनिर्माण हुन सकेको छैन । 

निजी आवास, विद्यालय र सरकारी संरचनाको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगिसक्दा धादिङका सांस्कृतिक सम्पदा मठमन्दिर, गुम्बा, पार्टी पौवाको पुनः निर्माण भने अन्योलमै छ ।

पुनःनिर्माण थालिएका काममा पनि ढिलासुस्ती हुँदा अलपत्र परेको छ । भूकम्पपछि क्षति पुगेका धादिङका सांस्कृतिक सम्पदा, पुराना मठमन्दिर, पार्टीपौवा र गुम्वाको पुनःनिर्माण सुरु हुनै सकेको छैन ।

पुरातत्व विभागले आफंै टेण्डर लगाएर थालेका कामसमेत अलपत्र अवस्थामा पुगेको छ । विभागको ढिलासुस्तीले बनिसकेको काम पनि भत्किने अवस्थामा पुगेको छ । 
एक वर्षअघि पृथ्वीनारायण शाहको व्रतबन्ध गरिएको धादिङ मैदीको ऐतिहासिक खड्गदेवी मन्दिर पुरातत्व विभाग आफैँले जिम्मा लिएर बनाउन थाले पनि काम आधा भएपछि अलपत्र भएको ६ महिना नाघिसक्यो ।

विभागको ढिलासुस्तीले पुननिर्माण भइसकेको काम पनि भत्कने अवस्थामा पुगेको छ । मन्दिर व्यवस्थापन समितिका सचिव नरेन्द्र प्रताप शाहले भने, ‘आफूले जिम्मा लिएको छाना भन्दा मुनीको काम सकेर ठेकेदार गइसक्यो, अब छाना हाल्न बाँकी छ, विभागको ढिलासुस्तीले गएको बर्खामा छानामा हामीले प्लाष्टिक ओढाएर राख्नुप¥यो ।’

हरेक वर्ष गुम्वा निर्माणको लागि भनेर धादिङ जिल्लामा बजेट पनि आउँछ तर विभाग र प्राधिकरणको समन्वय अभावले काम हुन सकिरहेको छैन । गुम्बा पुनःनिर्माणको लागि भारतीय एक्जिम बैङ्कले दिएको ऋण नलिने सरकारको घोषणासंगै यो वर्ष पनि गुम्बा पुननिर्माणको काम अघि बढ्ने छाँट देखिएको छैन ।

विशेषगरि सय वर्ष भन्दा पुराना गुम्वाहरुको पुनः निर्माण राष्ट्रिय पुनः निर्माण प्राधिकरण पुरातत्व विभागसँगको समन्वयमा गर्ने भनिएको थियो । अघिल्लो वर्ष ८० वटा गुम्बा छनोट गरिएकोमा यो वर्ष घटाएर ७० वटा गुम्बा पुननिर्माण गर्ने सूची बनाउने काममात्र भयो । 

जिल्ला तहबाटै मर्मत सम्भार गर्न मिल्ने ७ वटा गुम्बाको मर्मत सम्भार भइरहेको र बाँकी ६३ वटा गुम्बाको विषयमा भने बजेटको स्रोत नभएकाले समस्या आएको पुनःनिर्माण प्राधिकरण अन्तरगत अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यलय धादिङका प्रमुख जयराम श्रेष्ठले बताए । 

सेर्तुङमा रहेको दुई सय वर्ष पुरानो गुम्बाका संचालक भिमसेन तामाङले भने, ‘प्राधिकरणको मनोमानीले गुम्बा निर्माण हुन सकेको छैन, खाली आस मात्रै देखाइरहेको छ ।’ 

पुराना मठ मन्दिर पार्टी पौवा हाम्रा साँस्कृतिक धरोहर पनि हुन् । यीनीहरु नासिदै जानु भनेको सभ्यता हराउँदै जानु हो । यस्ता सदियौ वर्ष पुराना यस्ता अमुल्य निधिहरुको ंसंरक्षणमा चासो नदिदा पुरातात्वीक बस्तुहरु हराउदै जाने खतरा बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.