'सगरमाथा सम्वाद' मा ओमानका पर्यटनमन्त्रीलाई निम्तो
काठमाडौं : ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमानका वातावरण तथा पर्यटनमन्त्री मोहम्मद विन सलिम विन सेद अल टोवीलाई 'सगरमाथा सम्वाद' कार्यक्रममा सहभागी हुन निम्तो दिएकी छन्।
बिहीबार राजदूत ढकालले वातावरण तथा पर्यावरण मन्त्री मोहम्मद विन सलिम विन सेद अल टोवीलाई निमन्त्रणा पत्र हस्तान्तरण गरेकी हुन्।
आगामी चैत्र २० देखि २२ गतेसम्म काठमाडौंमा हुन गइरहेको 'सगरमाथा सम्वाद' कार्यक्रममा सहभागी हुन ढकालले नेपालका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पठाएको निमन्त्रणापत्र ओमानका पर्यटनमन्त्रीलाई हस्तान्तरण गरेकी हुन्।
भेटका क्रममा राजदूत ढकालले सगरमाथा सम्वादको उद्देश्यका बारेमा प्रकाश पारिन्।ओमानका पर्यटनमन्त्रीले निमन्त्रणाका लागि धन्यवाद दिँदै नेपालमा हुन गइरहेको सगरमाथा सम्वादको सफलताको लागि शुभकामना दिए।
पर्यटनमन्त्री मोहम्मद विन सलिम विन सेद अल टोवीले सगरमाथा सम्वाद कार्यक्रममा सहभागीता जनाउने क्रममा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन्।
भेटका क्रममा वातावरण तथा पर्यावरणको क्षेत्रमा नेपाल र ओमानबीच सम्भावित समझदारी तथा समन्वयको विषयमा छलफल भएको थियो।