जीपको ठक्‍करबाट सडकमा खेल्दै गरेका बालकको मृत्यु

जीपको ठक्‍करबाट सडकमा खेल्दै गरेका बालकको मृत्यु

दार्चुला :  दार्चुलाको गोकुलेश्वर विटुले पारिबगर सडकअन्तर्गत नायलमा जीपको ठक्‍करबाट एक बालकको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरबाट कर्कले जाँदै गरेको बा १३ च २०४१ नम्बरको जीपको ठक्‍करबाट ५ वर्षीय महेश्वर महरको मृत्यु भएको हो ।

नायल घर भएका महरलाई सडकमा खेल्दै गरेको अवस्थामा जीपले ठक्‍कर दिएको थियो। महरको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिह साउँदले जानकारी दिए।

बालकको मृत्युपछि अहिले उक्त सडकखण्ड बन्द गरिएको छ । पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेको प्रहरी निरीक्षक साउँदले बताए । 

शव उठाउन दिइएको छैन् । स्कारपियो चालक बर्दिया जिल्ला बारा बर्दिया नगरपालिका ९ का २६ वर्षीय शेरबहादुर पुन मगर र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.