अख्तियार पुगेका साझा पार्टीका नेता पक्राउ
काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई उन्मुक्ति दिएको भन्दै साझा पार्टीले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा साझाका नेताहरु पक्राउ परेका छन्।
प्रहरीले बागमती प्रदेश संयोजक,समीक्षा बास्कोटा, प्रकाशचन्द परियार, नारायण कोइराला,शरदराज पाठक र अब्दुस मियाँ पक्राउ परेको रविन्द्र मिश्रले जानकारी दिए।
शुक्रबार बिहान पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडी सिट्टी फुकेर विरोध जनाएका थिए।अख्तियारले नेकपाका नेतालाई बचाउ गरेको विरोधमा आयोगको कार्यालय अगाडी आफूहरु विरोधमा उत्रिएको साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जनाएका छन्। एक देश, दुई कानुनको विरोधमा उत्रिएका साझाका नेता अख्तियारको कार्यालय पुगेका थिए।
नेताहरु बालुवाटार जग्गा प्रकरणमा अख्तियारले सुरू गरेको राम्रो कामको स्वागतमा अख्तियार प्रमुखलाई गुलाफको फूल दिने र सत्तारूढ दलका नेतालाई जोगाएको विरोधमा सिटी जुलुस निकाल्ने योजनामा अख्तियार पुगेका थिए।